Comments Add Comment

बहुउपयोगी वनस्पती एलोभेराको यस्ता छन् फाइदा

तपाईं हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्य प्रशाधनका सामग्रीहरुमा एलोभेराको प्रयोग भएको हुन्छ । एलोभेरालाई हाम्रो गाँउघर तिर घ्युकुमारी नामले पनि चिनिन्छ ।

आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरुलाई ठिक गर्न सहयोग गर्छ । साथै थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ ।

एलोभेरालाई आयुर्वेद विज्ञानमा धेरै पहिले देखी नै विभिन्न खालका स्वास्थ्य समस्याहरुको निदानको लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ ।

यसका अनौठा फाइदाहरु धेरै पहिले नै पत्ता लगाइएको हो । एलोभेरा देख्दा अनौठो वनस्पति देखिन्छ तर, यसको गुणको सीमा नै छैन ।

एलोभेराका फाइदाहरु के के छन् त ? थाहापाइराखौं
-यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।

-यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३-४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।

-टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

-यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

-आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

-यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिगि्रएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।

-यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका राज लुकेका हुन्छन् । यसको प्रयोगले हाम्रो सम्पुर्ण शरीरमा नै परिवर्तन गर्छ । व्यस्त जिन्दगीबाट थोरै समय आफ्नो लागि छ्ुट्याएर आफ्नो सौन्दर्य र स्वास्थको लागि एलोभेराको प्रयोग गर्नु भएमा यसले धेरै फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment