Comments Add Comment

टीआईएको दुःख– प्रविधि छैन, हातैले छामेर पासपोर्ट जाँच

१७ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले पप्पु कन्स्टक्सनको बदमासीदेखि आकासिँदो महँगी, कञ्चनपुर चर्केको आन्दोलनलगायतका विषयलाई प्राथमिकताका छापेका छन् ।

त्यसैगरी, दर्जनौं अभियोगको प्रतिवेदन लुकाएर दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिइएको, काठमाडौं–तराई द्रुतमार्गको डीपीआर निर्माणको जिम्मा कोरियन कम्पनीलाई दिइएको, प्रदेश १ को राजधानी विवाद चर्किएकोलगायतका समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ प्रकाशित गरेका छन् ।

नयाँ पत्रिका दैनिकले महँगीबारे मुख्य समाचार लेखेको छ । उपभोक्ता चर्को मूल्यको मारमा परे पनि सरकार भने मूल्यवृद्धि भएको मान्न तयार छैन । अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौतमले नयाँ पत्रिकासँग खाद्यान्नको भाउ नबढेको दाबी गरेका छन् ।

समाचार अनुसार तरकारीको भाउ अझै बढ्ने सम्भावना छ । मागभन्दा २० प्रतिशत कम तरकारी आपूर्ति भइरहेकाले थप मूल्य बढ्ने देखिएको हो ।

मुख पृष्ठमा काठमाडौंको सडकको दूरावस्था झल्काउने तस्वीर छापेको कान्तिपुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीअार्इए) ले प्रयोग गर्ने प्रविधिबारे चर्चा गरेको छ । समाचार अनुसार प्रविधि नहुँदा हातैले छामेर पासपोर्ट जाँच गर्ने गरिएको छ ।

‘अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ’, कान्तिपुर लेख्छ, ‘सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको छ ।’

समाचार अनुसार यति महत्त्वपूर्ण विमानस्थलसँग रेटिना, डिजिटल औंठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन ।’

प्रविधि नहुँदा नक्कली राहदानी प्रयोग गरेर नेपाल भित्रिनेहरुलाई सहज भएको समाचारको सार छ ।

कान्तिपुरमै टिकुलिया घाट दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमितको नाममा पक्राउ पुर्जी जारी गरे पनि निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर रहेको लेखेको छ ।

कान्तिपुरका अनुसार सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन ।

अन्नपूर्णको पहिलो पृष्ठमा १० अर्बमा संसद् भवन बन्न लागेकोदेखि कञ्चनपुुर फेरि आन्दोलित भएकोसम्मका खबर छन् ।

अविवाहित सुत्केरीको टिठलाग्दो कथा लेखेको नागरिकले काठमाडौं–फास्ट ट्रयकको डीपीआर निर्माण जिम्मा कोरियाली कम्पनीलाई दिइएको, इँटा उद्योगमा जनशक्ति अभाव भएकोलगायत समाचार छापेकाे छ ।

राजधानीले एकै दिन २९ सम्बन्ध विच्छेद भएको लेखेको छ भने गोरखापत्रले सांसदले खर्च गर्ने बजेटमा लचिलो व्यवस्था गरिएकोलाई एंकर बनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment