Comments Add Comment

अहिले रक्षक नै भक्षक बनेका छन्ः राजेन्द्र महतो

१७ असोज, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने भएको छ ।

यसअघि संविधान संशोधनकै लागि सरकारलाई समर्थन दिएको राजपाले अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गरेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्ऽ महतोले संविधान संशोधनका लागि आगामी सोमबार जिल्ला प्रशासन कार्यालयहरुबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

बुधबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले संविधान संशोधन गर्न, अपराधीलाई दण्ड दिलाउन, भ्रष्टाचार हटाउन चेतावनीसहित ज्ञापन पत्र बुझाउने जानकारी दिए । ‘मुलुकमा देखिएको समस्याको समाधान होस् भन्नका लागि राजपाले ज्ञापन बुझाउनेछ,’ उनले भने, ‘मुलकमा भ्रष्टाचार बढेको छ, हत्या, हिंसा, बलात्कार बढेको छ । महँगीले जनता आक्रान्त भएका छन् । यी समस्याहरुको समाधान नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन् ।’

महतोले दुई तिहार्इ सरकारको नेतृत्व गर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले महँगी हुन नदिने, संविधान संशोधन गर्ने, भ्रष्टाचारी हुन नदिने, जनताको ज्यूधनको सुरक्षा गर्ने प्रतिबद्वता गरेपनि अहिले सरकारी पक्षबाटै अपराधीलाई लुकाएर जनतालाई दुःख दिन खोजेको उनले बताए ।

‘अहिले रक्षक नै भक्षक भएको स्थिति छ,’ कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सम्झाउँदै नेता महतोले भने, ‘यो घट्नामा रज्य पक्षले नै अपराधीलाई संरक्षण दिइरहेको स्थिति छ ।’

सरकारले प्रतिबद्वता पूरा गरे अनुसार काम नगर्दा जनतामा निराशा नै निराशा पैदा भएको उनले बताए ।

सरकारलाई ज्ञापन बुझाउँदा समेत सरकारको कार्य सन्तोजनक नभएमा पार्टीले तिहार लगत्तै सडक देखि सदन सम्म आन्दोलन गर्ने चेतावनी उनले दिए ।

समर्थन गर्नु बाध्यता

नेता महतोले सरकारलाई समर्थन गर्नु राजपाको बाध्यता रहेको प्रष्टीकरण दिएका छन् । उनले दुई तिहाईको सरकारले संविधान सशोधन गर्छु भनेपछि समर्थन गरेका हौं,’ उनले भने, ‘संशोधनकै लागि बर्तमान सरकारसँग दोस्ती गरेका हौं ।’

उनले प्रधानमन्त्री ओलीजीले दिएका प्रतिबद्वता, गरेको घोषणा राजपालाई राम्रो लागेर समर्थन गरेपनि अहिले सरकारले ती प्रतिबद्ता र घोषणा बिर्सेको बताए । ‘यो राजपाले मात्रै भनिरहेको छैन्, सम्पूर्ण जनताले भनिरहेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment