Comments Add Comment

इटहरी उपमहानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा

१७ असोज, विराटनगर । इटहरी उपमहानगरले नगरवासीका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सुरु गरेको छ ।

स्वास्थ्य सेवा महंगो बन्दै गइरहेको वेला उपमहानगरले शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र सञ्चालन गरेर नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन थालेको हो ।

स्वास्थ्य सेवासँगै महानगरले नगरवासीलाई उपलब्ध औषधिहरु निःशुल्क दिने गरेको छ ।

केन्द्रमा एमबीबीएस डाक्टर, जनस्वास्थ्य अधिकृत, दुईजना स्टाफनर्स, एकजना हेल्थ असिस्टेन्टलगायत ११ जनाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत छबि रिजालले जानकारी दिए ।

विशेषगरी शहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरुको निःशुल्क उपचारका लागि शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विशेष गरी प्रेसर सुगर, वाथ, दम, थाइराइड, मोटोपन, मधुमेह, उच्चरक्तचापका बिरामी जचाउन आउने गरेको डा गुन्जन त्रितालले जानकारी दिए ।

केन्द्रले स्वास्थ्य सेवा प्रदान सगै नगरवासीलाई ७० प्रकारका औषधिसमेत निःशुल्क प्रदान गर्ने गरेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाले निःशुल्क खोप कार्यक्रम र निःशुल्क ल्याब सेवा प्रदान गर्नका लागि तयारी भइरहेको प्रमुख प्रशाशकीय अधिकृत रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment