+
+
Shares

सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १९:०२

१७ असोज, सप्तरी । सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् ।

जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् ।

बलात्कारको आरोप लागेकाहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको डीएसपी रिमाले बताए ।  ‘जानकारी पाएपछि पीडितहरुको मेडिकल जाँच गराइएको र दोषीहरुको खोजीमा जुटेका छौं,’ रिमालले भने ।

परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीको भनाइ छ ।

यस्तै ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न दुबैको नाम खुलाइएको छैन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?