Comments Add Comment

आमाको अन्त्यष्टीमा पनि नआएका ऋषिलाई गम्भीर रोगको आशंका

बलिउड अभिनेता स्व. राजकपुरकी श्रीमती कृष्णा राज कपुरको दुई दिनअघि मृत्यू भयो । उनको अन्त्यष्टीमा थुप्रै बलिउडकर्मी उपस्थित थिए । तर साख्खै छोरा ऋषि कपुर भने देखिएनन् ?

आखिर आमाको अन्त्येष्टीमा किन देखिएनन् ऋषि ?

खासमा उनी अमेरिकामा छन् । केही दिन अगाडि मात्रै उनी स्वास्थ्य परिक्षणका लागि भन्दै अमेरिका गएका हुन् । उनलाई के रोग लागेको हो भन्ने जानकारी दिइएको छैन । बिरामी आमालाई घरमा छाडेर अमेरिका जानु र मृत्यू हुदासमेत नआउनुले कतै उनी स्वयम् गम्भीर रोगबाट पिडित त छैनन् भन्ने आशंका बढेको छ ।

अमेरिका जानुअघि ऋषीले सामाजिक सञ्जालमा आफ्नो रोगबारे कुनै अड्कलबाजी नगर्न आग्रह गरेका थिए । उनले लेखेका थिए, ‘म सामान्य स्वास्थ्य परिक्षणका लागि जान लागेको हु । मेरो रोगबारे जथाभावी आशंका नगर्नुहोला ।’

ऋषिकपुरले यसो भने पनि आशंका त बढेको छ । यदि सामान्य अवस्था हुदो हो त अन्तिमपटक आमाको मुख हेर्न अवश्य आउने थिए । त्यसमाथि श्रीमती नीतु कपुर र छोरा रणवीर कपुर पनि उनकै साथमा रहनुले मामला सहज नभएको अनुमान गर्न सकिन्छ ।

यसैबीच ऋषिका भाई रणधीर कपुरले यस विषयमा मुख खोलेका छन् । उनले टाइम्स अफ इन्डियालाई अन्तरवार्ता दिदै ऋषिको रोग अहिलेसम्म पत्ता लागि नसकेको बताए ।

‘ऋषि स्वयम्लाई पनि अहिलेसम्म थाहा छैन कि उनलाई लागेको रोग के हो भनेर । पक्का भएपछि हामी सबैलाई जानकारी गराउने नै छौं,’ उनले भने । साथै ऋषिको रोगबारे अन्यथा अनुमान नगर्न पनि उनल आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment