+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अमेजनले बढायो कामदारको ज्याला, प्रतिघण्टा १५ डलर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १६:४७

अनलाइन रिटेलिङ कम्पनी अमेजनले अमेरिका र बेलायतमा कार्यरत हजारौं कामदारको ज्याला वृद्धि गरेको छ ।

अबदेखि अमेजनमा काम गर्ने अमेरिकी कर्मचारीले न्यूनतम प्रतिघण्टा १५ डलर पारिश्रमिक पाउनेछन् । बेलायतको हकमा लण्डनका कर्मचारीले प्रतिघण्डा साढे १० पाउण्ड अनि लण्डन बाहिरको सहरका कर्मचारीले प्रतिघण्टा साढे नौं पाउण्ड पारिश्रमिक पाउनेछन् ।

कामदारहरुको न्यून ज्याला तथा कमजोर कार्यवातावरणलाई लिएर चौतर्फी आलोचना भैरहेको बेला अमेजनले ज्याला वृद्धि गरेको हो ।
अमेजन १ टि्रलियन डलर सम्पत्ति भएको विश्वको दोस्रो ठूलो कम्पनी हो ।

अमेजनका मालिक जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् र उनको सम्पत्ति १ खर्ब ५० अर्ब डलर रहेको छ ।

अमेजनले वृद्धि गरेको नयाँ ज्यालादर आगामी नोभेम्बर १ देखि लागू हुनेछ । यो ज्यालादर अस्थायी तथा स्थायीका साथै पार्टटाइम वा फूलटाइम सबैखाले कर्मचारीमा लागू हुने बताइएको छ ।

बढेको ज्यालाबाट अमेरिकामा कार्यरत अढाई लाख तथा बेलायतमा कार्यरत १७ हजार जना अमेजनका कर्मचारी/कामदार लाभान्वित हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?