+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

प्रधानमन्त्रीलाई महेश आचार्यको पत्र : भ्रमणको औचित्य ओठे जवाफमा सीमित नबनोस्

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १७:५३

१८ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वातावरण संरक्षण र दिगो विकाससम्बन्धी विषयमा विज्ञ तथा प्रतिपर्धी दलसँग परामर्श गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमण सम्पन्न गरेर फर्केको दिन आचार्यले पत्र लेखेर यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले कोस्टारिकाको वातावरण मैत्री विकास देखेर फर्किएको प्रसंग निकाल्दै उनले हाम्रो देशको प्राकृतिक सम्पदा मनपरी भोगको वस्तु बन्नबाट रोक्न आग्रह गरेका छन् ।

‘ हाम्रो देशको यो विपुल प्राकृतिक सम्पदा के हाम्रो पुस्ताको मनपरी र एकलौटी भोगको वस्तु हो वा हाम्रा छोरी नाति पुस्ताको समेत अधिकार भएको सम्पदा हो ?’ उनले प्रश्न गरेका छन् ‘के हामीलाई अहिले विकास गर्ने नाममा आफ्नै सन्ततिलाई मरुभुमिकरण, पानीको हाहाकार, व्यापक बसाई–सराईको पिडा र डरलाग्दा विपत्ति हस्तान्तरण गर्नेअधिकार छ र ?’

यो भ्रमणबाट आर्जन गरेको अनुभव र ज्ञान वातावरणमैत्री  विकास बहसमा, शिक्षित जनशक्ति निर्माणका विषयमा विज्ञ, प्रतिपक्षी दलहरुसंग परामर्श गर्न आचार्यले सुझाव दिएका छन् । ‘यी एजेण्डामा विवेकपूर्ण हस्तक्षेप गर्न अनुरोध गर्दछु । तपाईको भ्रमण अनुभव विपक्षी दल र आफ्नै दलका नेताहरुलाई भ्रमणको औचित्य पुष्टि गर्न ओठे जवाफमा सीमित नबनोस्’ उनले भनेका छन् ।

नेता आचार्यले प्रधानमन्त्रीलाई लेखेको पत्र जस्ताको तस्तैः

सम्माननीय प्रधानमन्त्री ज्यू

गएको साता चर्चित स्तम्भकार भाई पुरन्जन आचार्य मलाई भेटन आए । कुराकानीको क्रममा प्रमंज्युको कोस्टारिका भ्रमणको औचित्यको प्रसंग उठ्यो । मैले संक्षिप्त टिप्पणी गर्दै भने– कोस्टारिकाका कतिपय छिमेकि देश वामपंथी उग्रता, लागु औषध कारोबार र संगठित अपराधका कारण अस्थिर र जर्जर भएका छन तर कोस्टारिका भने लामो समय देखि स्थिरता, लोकतंत्र र सुखी देशका रूपमा परिचित छ। सिक्न खोजे कोस्टारिका बाट धेरै सिक्न सकिन्छ । सिक्ने अर्थमा भ्रमणको औचित्य हुन सक्ला !

प्रमज्यु आज न्युयोर्कबाट देश फर्कदै हुनुहुन्छ । म आशा गर्छु प्रमज्युले पक्कै सुन्नु भयो र देख्नु भयो होला कोस्टारिकाको कृषि अर्थतंत्र त्यहाँको शिक्षा क्षेत्रमा ब्यापक लगानी र शिक्षित जनशक्ति निर्माण, सरकारद्वारा ‘फ्री ट्रेड जोन’ को स्थापना र करमा छुट दिने नीतिबाट कसरी आधुनिक वित्तीय क्षेत्र, उद्योग र सेवा क्षेत्रमा बढ्दो बैदेशिक लगानी भएको देशमा परिवर्तित हुदैछ ।

यो सबै उपलब्धिसंगै सबैभन्दा महत्वपूर्ण कुरा कोस्टारिकाले कसरी आफ्ना वातावरणमैत्री नीतिको दृढ कार्यान्वयनद्वारा वन सम्पदाको संरक्षण , पर्यटन आकर्षण, स्वच्छ उर्जा उत्पादन र प्रयोग बाट विश्वलाई प्रेरित गर्नेगरी युएनको दिगो वातावरण संबन्धी सबै मापदण्ड पुरा गरेको छ ।

कोस्टारिकाको अधिकांश उर्जा उत्पादन जल विद्युत, सौर्य, जिओ थर्मल र बायोमास स्रोतबाट हुन्छ त्यसैले उ सन् २०२१ सम्ममा कार्बन न्युट्रल देश बन्ने लक्ष लिएर वातावरण संरक्षण सहित दिगो विकास नीतिमा हिडेको छ ।

प्रमज्यूले पक्कै देख्नु भयो होला–नेपालको जस्तै कोस्टारिकाका चुनौतिहरु पनि उस्तै उस्तै छन् । कसरी ऋणको भार र भुक्तानीलाई उचित सीमामा राख्ने ? कसरी बजेट घाटा नियंत्रण गर्ने, सार्वजनिक क्षेत्रको दक्षता र सेवा कसरी बढाउने अनि पूर्वाधार संरचना कसरी आधुनिक बनाउने ?

सम्माननीय प्रधानमन्त्री ज्यु, तपाई वातावरण संरक्षण र दिगो विकासको नमुना झैं बनेको देशको भ्रमणमा रहेकै वेला हाम्रो आफ्नो देश नेपालमा भने वन सम्पदा र चुरे क्षेत्रमा जैविक विविधताको व्यापक विनाश हुने विकास बहस अगाडि बढेको छ । प्रमज्यू,  चुरे क्षेत्र हाम्रो पर्वतीय प्रणालीको सबैभन्दा कमजोर जड संरचना भए पनि लाखौं नेपालीको दिगो जीवन स्रोत हो ।

नेपालको आधा भन्दा बढी जनसंख्या चुरे र यस्ले तत्काल प्रभाव पार्ने तराई मधेशमा छन् । हाम्रो अन्नबालीको भण्डार , वन वन्यजन्तु, पानी र पशुधन पनि चुरे क्षेत्रमा आश्रित छन् ।

कोस्टारिकाको वातावरण मैत्री विकास देखेर फर्कनुभएका प्रमज्युलाई प्रश्न राख्न चाहन्छु– हाम्रो देशको यो विपुल प्राकृतिक सम्पदा के हाम्रो पुस्ताको मनपरी र एकलौटी भोगको वस्तु हो वा हाम्रा छोरी नाति पुस्ताको समेत अधिकार भएको सम्पदा हो ? के हामीलाई अहिले विकास गर्ने नाममा आफ्नै सन्ततिलाई मरुभुमिकरण, पानीको हाहाकार, व्यापक बसाई–सराईको पिडा र डरलाग्दा विपत्ति हस्तान्तरण गर्नेअधिकार छ र ?

सम्माननीय प्रमज्यु , यो भ्रमणबाट आर्जन गरेको अनुभव र ज्ञान वातावरणमैत्री  विकास बहसमा, शिक्षित जन शक्ति निर्माणका विषयमा विज्ञ हरुसंग अनि प्रतिस्पर्धी दलहरुसंग परामर्शगर्न र यि एजेण्डामा विवेकपूर्ण हस्तक्षेपगर्न अनुरोध गर्दछु । तपाईको भ्रमण अनुभव विपक्षी दल र आफ्नै दलका नेताहरुलाई भ्रमणको औचित्य पुष्टि गर्न ओठे जबाफमा सीमित नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?