+
+
Shares

कञ्चनपुरमा मापदण्डविपरीतका भवनको धमाधम नक्सा पास

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ८:५४

१९ असोज, कञ्चनपुर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पुर्याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो । उक्त परिच्छेदमा भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सापास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतेदेखि शुरु गरिएको नक्सापास ६ महिनासम्म जारी रहनेछ ।

नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णयबमोजिम पुराना भवनको नक्सापास गराउन सार्वजनिक सूचना गरिसकेको छ । वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए ।

उक्त नगरपालिकाले हालसम्म सात हजार ५०० भवनको नक्सापास गरिसकेको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको सङ्ख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिएका छन् । गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३८२ भवनका नक्सा दर्ता भएकामा २७५ को पास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?