+
+
Shares

दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १३:३८

१९ असोज, कैलाली । पूर्व-पश्चिम राजमार्ग खण्डको लम्कीचुहा नगरपालिका ४ बलियामा दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका २ बहनियाका ५० वर्षका भागीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से ४ प ७३७० र से ६ प ७०४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि मृतक चौधरी चढेको मोटरसाइकल उछिटि्टएर ट्रकमुनि छिरेको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा नजिकै आइपुगेको ना ४ ख १२७४ नम्बरको ट्रकको मुनि परेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल जुध्दा घाइते भएका अन्य दुई जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य नै रहेको छ ।

घटना पछि ट्रक र चालक गर्पु थारु प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?