Comments Add Comment

मिलनलाई १५ औं धर्मश्री उपाधि

काठमाडौं । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले१५ औं धर्मश्रीबाट सुसोभित भएका छन् । उनले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे ।

दोश्रो भएका ८० केजी तौल समूहका सेप फिटनेशका महेश्वरले नगद २ लाख प्राप्त गरे । तेश्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाखसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजार सहिट ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए ।

यस्तै पाँचौ स्थानमा ७० केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठ रहे । उनले नगद ८० हजार सहित ट्रफी प्राप्त गरे । छैटौस्थानमा रहेका ६० केजी तौल समूहका ब्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार ट्रफी प्राप्त गरे । यस्तै सातौं स्थानमा ५५ केजीका ब्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजार सहित ट्रफी प्राप्त गरे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ र नेपाल ब्यायाम मन्दिरका सुजन तामाङ्ग दोश्रो र तेश्रो भए ।

६५ केजी तौल समूहमा फिटनेश फस्र्टका रोजिन बज्राचार्यले दोश्रो स्थान प्राप्त गरे । यस्त फिटनेश स्टुडियोका सुपेन डङ्गोलले तेश्रो स्थान हात पारे । ७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठले रजत पदक पाए । यसैगरि सेप टु ढल्कोका उज्जल राज बज्राचार्यले कास्यमा चित्त बुझाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल दोश्रो र रिभर फिल्ड फिटनेशका अशोक महर्जन तेश्रो भए । ८० केजी तौलको समूहमा फिटनेश स्टुडियोका प्रविन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कास्य पाए ।

यसैगरि ८० केजी माथिको हेभी वेटमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टि हेल्थ क्लबका अनोज मास्केले कास्यमा चित्त बुझाए । तौल समूहमा दोश्रो तथा तेश्रो हुनेले क्रमश ः नगद ३० र २० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment