विश्वमा धेरैलाई हुने रोगमध्ये एक हो, निरासा अर्थात फ्रस्टेशन । विश्वमा ४५ करोड मानिस मानसिक रोगि छन् । जसमध्ये ३० देखि ३५ करोडलाई फ्रस्टेशनको समस्या छ ।
फ्रस्टेशन शिकारमध्ये १५ देखि २० प्रतिशतले आत्महत्या गर्छन् । विश्वमा ८० देखि ९० प्रतिशत आत्महत्याको कारण भनेको फ्रस्टेशन हो । फ्रस्टेशन पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । विशेष गरि १५ देखि ४५ वर्ष उमेर समूहका महिलामा यस्तो समस्या हुने गर्छ ।
किन हुन्छ ?
छिनमानै खुसी हुने र छिनमै दुखी हुने मनको विशेषता हुन्छ । कहिलेकाँही देखिने यस्तो लक्षणलाई सामान्य रुपमा लिनुपर्छ । तर, खुशीाभन्दा बढी दुखी हुने संकेत २ हप्ताभन्दा बढी भएमा त्यसलाई समस्याको रुपमा बुझ्नुपर्ने हुन्छ । त्यसैले जुन कुराले बढी दुखी तुल्याउँछ । त्यस्तो गतिविधि वा काम नगर्दा राम्रो हुन्छ ।
– मानिस फ्रस्टेशनमा जाने विभिन्न कारण हुन्छन् । बेरोजगारी, नियमित असफलता, प्रेममो धोकाजस्ता विषयले मानिस फ्रस्टेशनमा जाने गर्छ ।
फ्रस्टेशन भएमा
– मन खुसी नहुन
– ध्यान केन्द्रित गर्न नसक्ने
– रिस उठिरहने
– यौन चाहना कम भएर जाने
– आत्माविश्वास झन्झन् कमजोर भएर जाने
– बोल्न मन नलाग्ने
– शरीर भारी हुने, दुख्ने
– साथीहरुसँग पनि बस्न मन नलाग्नेजस्ता लक्षण देखा पर्छन् ।
कतिवेला गर्छ आत्महत्या ?
– पहिलो, दोस्रो र तेस्रो गरि फ्रस्टेशनका तीन वटा चरण हुन्छन् ।
– पहिलो चरणमा भएको विरामीलाई काम गर्न मन नलाग्ने, मन दुखि भईरहने हुन्छ । दोस्रो चरणमा पुगेपछि खान मन नलाग्ने, पेटमा विभिन्न समस्या देखिने, शरिर भारी हुने, ध्यान केन्द्रित हुन नसक्नेजस्ता समस्या देखा पर्छ ।
– फ्रस्टेशनको तेस्रो चरण भने अलि जटिल हुन्छ । यस्तो अवस्थामा पुगेको मानिसमा नकारात्मक सोच आउने, सँधै एक्लो भएको महशुस गर्ने, आफ्नो योजना केही नभएजस्तो लाग्ने हुन्छ । यो चरणमा पुगेको मानिसले आत्महत्या गर्न पनि पछि पर्दैन ।
– फ्रस्टेशनको पहिलो र दोस्रो चरणमा भएको मान्छे मनोविदको परामर्शले पनि निको हुन सक्छ । तर, विरामी तेस्रो चरणमा प्रवेश गरेको छ भने औषधिनै सेवन गर्नुपर्ने हुन्छ ।
के गर्ने ?
– मन खुसी हुन सकेन भने खुसी हुने उपायको खोजी गर्नुपर्छ ।
– साथिभाईसँग कुरा गर्ने, समयमा खाने, पुरा निद्रा सुत्ने, गीत सुन्ने, घुम्न जाने, योगा गर्ने जस्ता वानी बसाउनुपर्छ । यस्तो गर्दा खुशी हुनुका साथै व्यस्त रहन पनि सहयोग पुग्छ ।
– यस्ता गतिविधि गर्दा पनि मन शान्त रहन सकेन भनेे मनोपरामर्शदाता वा चिकित्सककहाँ जान जरुरी हुन्छ । साइकोथेरापि वा औषधिको सेवनपछि फ्रस्टेशनको समस्याबाट मुक्त हुन सकिन्छ ।
प्रतिक्रिया 4