Comments Add Comment

युएईमा एनआरएनएले सुपरमार्केट खोल्ने

युएई / गैरआवासीय नेपाली संघ युएईले यहाँ कार्यरत नेपाली समुदायलाई लक्षित गरी एनआरएनए सुपरमार्केट संचालनमा ल्याउने भएको छ ।

एनआरएन युएईको वर्तमान कार्यसमितिमा रहेका ३३ जना सदस्यको संयुक्त लगानीमा सुपरमार्केट संचालनमा आउन लागेको हो ।

एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठका अनुसार ३३ जना सदस्यबाट जनही १० हजार दिरहामका दरले लगानी रहनेछ ।

सुरुअातमा कार्यसमितिभित्रका सदस्यबाट संचालन गरिनेछ । त्यस्तै आइसिसिका अन्य सदस्य, क्षेत्रगत र सल्लाहकार समितिका सदस्यसहित  यहाँ रहेका अन्य नेपाली व्यवसायीलाई समेत लगानीका लागि आह्वान गरिने बताइएको छ ।

आगामी डिसेम्बरसम्ममा सबै लगानीकर्ताबाट लगानी रकम संकलन गर्ने र अंग्रेजी नयाँ वर्षको सुरुमै सुपरमार्केट संचालनमा ल्याउने गरी तयारी भइरहेको छ ।

युएईको बरदुवईबाट पहिलो पटक सुपरमार्केट खुल्ने र क्रमशः अन्य राज्यमा समेत शाखा संचालन गरिने निर्णय भएको श्रेष्ठले बताए । उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा सुपरमार्केट संचालन समिति गठन गरि थप कामलाई अघि बढाइने छ ।

यहाँ कार्यरत नेपाली र व्यवसायीलाई सामान खरिदमा सहुलियत दिनेगरि सुपरमार्केट संचालनमा ल्याइने एनआरएनले जनाएको छ।आगामी नोभेम्बर २३ मा एनआरएन युएईले वार्षिकोत्सव समेत मनाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment