Comments Add Comment

भूकम्पमा भत्किएका ३ लाख घरको पुनर्निर्माण सकियो

२१ असोज, काठमाडौं । भूकम्पमा क्षतिग्रस्त भएका ३ लाख भन्दा धेरै घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ ।  जसमध्ये २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा  रहेको प्राधिकरणले जनाएको छ ।

चार एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । ओखलढुङ्गाको मलेखु गाउँपालिका ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ‌१४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

आइतबार बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी,  गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment