+
+
Shares

पाकिस्तानी कलाकारलाई काखी च्यापेको भन्दै सलमानमाथि खनिए अभिजित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १७:२३

पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न दिने कि नदिने भनेर भारतमा केही समययता विवाद उब्जिदै आएको छ । मुस्लिम भारतीयहरु पाकिस्तानीप्रति सहानुभूति राख्छन् र उनीहरुलाई स्थान दिनुपर्ने मान्यतामा छन् । तर, हिन्दूवादीहरु चाहिँ पाकिस्तानीलाई लखेट्नुपर्छ भन्छन् ।

लखेट्नुपर्छ भन्ने लाइनका एक जना हुन् गायक अभिजित । उनले बारम्बार पाकिस्तानी कलाकारको विरोधमा बोल्दै आएका छन् । पछिल्लो पटम उनले अभिनेता सलमान खानलाई समेत यसमा मुछेर विरोध गरे । सलमानले आफ्ना फिल्ममा पाकिस्तानी गायक-गायिकालाई प्रश्रय दिएको उनको आरोप छ ।

‘सलमानले आफ्ना प्रत्येक फिल्ममा पाकिस्तानी गायक गायिकालाई समावेश गरेकै हुन्छन्, मानौं उनका लागि यो अनिवार्य कुरा हो,’ अभिजितले एक अन्तरवार्तामा भनेका छन्, ‘के भारतमा राम्रा गायक-गायिका छन् भन्ने उनलाई विश्वास छैन ?’

उनले सलमानको कदको विषयमा पनि टिप्पणी गरे । उनले भने, ‘यी ५ फुटे हिरोको म कहिल्यै फ्यान भईनँ ।’ एक समय चलचित्र गायनमा अभिजित निकै चर्चित थिए । तर, पछिल्लो समय उनी खाली हात छन् । आफूले नपाएको काम पाकिस्तानी कलाकारले पाएपछि उनको मनमा कुन्ठा जमेको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?