+
+

सुनकाण्डका अभियुक्त डा. डेबिटर जेलभित्रै कक्षा १ मा भर्ना !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १:३५

२१ असोज, काठमाडौं । डाक्टर डेबिटर भनेर चिनिने ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घले कारागारभित्रै कक्षा १ मा भर्ना भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला डेबिटर जेलभित्रै रहेको कैदीबन्दी प्राथमिक विद्यालयमा भर्ना भएका हुन् ।

उनले २० जेठमा जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । अहिले उनी विद्यालयमा भर्ना भएर पढ्न थालेको केन्द्रीय कारागारका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

यसअघि झुम्का कारागार, सुनसरीमा रहेका उनीसहित नेता गुरुङलाई २८ जेठमा काठमाडौं ल्याइएको थियो । उनीहरुलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको थियो ।

अदालतमा बयान दिने क्रममा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति डा. डेबिटर भएको बयान दिएका थिए । आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी उनको थियो ।

गोरेले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । तर, छिरिङले भने इन्कारी बयान दिएका थिए ।

डेबिटरसहित गोरे र भुजुङमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागको अनुसन्धानका लागि उनीहरुलाई काठमाडौं ल्याइएको थियो ।

गोरेलाई कारागारभित्रको गोलघरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?