Comments Add Comment

इन्टरपोलका अध्यक्ष चीनमा पक्राउ, पदबाट दिए राजीनामा

२२ असोज, काठमाडौं । हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् ।

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ ।

कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका मेंग गत २५ सेप्टेम्बरमा इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनबाट हराएका थिए ।

यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ ।

चीनमा उच्चपदस्थ व्यक्ति गायब हुने क्रमको यो पछिल्लो कडी हो । बीबीसीका अनुसार केही महिनामा मात्रै उच्च सरकारी अधिकारी, अर्बपति व्यापारीसँगै त्यहाँका सेलिब्रेटी मेङजस्तै गरी बेपत्ता भएका छन् ।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो । ९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment