+
+
Shares

सिरहाबाट लागूऔषधसहित ५ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते ८:३७

२२ असोज, लहान । सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

यस्तै सिराहा नगरपालिका–७ स्थित ट्राफिक चोकबाट लागूऔषधसहित सिरहा गोलबजार नगरपालिका–१० निवासी २२ वर्षीय उमेशकुमार महतो र १३ वर्षीय कृपाकुमार महतोलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट लागूऔषध नाइट्रोभेट १५० ट्याब्लेट, नाइट्रोजन १०० ट्याब्लेट तथा फोटोबिन ५६ एम्पुल बरामद भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । त्यसैगरी प्रहरीले सिरहा नगरपालिका–२१ स्थित लकडिगोठबाट अबैध रूपमा भारततर्फ लाँदै गरेको २५ कार्टुन (सोफिया) मदिरा बरामद गरेको छ ।

युवकको शव फेला

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ ।

करिब ३० वर्षीय युवकको शव खोला किनारामा फेला परे पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?