Comments Add Comment

‘मि टु’ इफेक्टः कंगना साेनमसँग फायर

बलिउडमा अहिले ‘मि टु’ ह्यासट्यागको आतंक छ । यो ह्यासट्याग प्रयोग गर्दै महिलाहरुले आफ्नो पुराना सहकर्मीहरुलाई यौनशोषणको विवादमा तानिरहेका छन् । तर, यही अभियानले दुई नायिकाहरुको सम्वन्ध बिग्रिएको छ ।

पछिल्लोपटक निर्देशक विकास बहलविरुद्ध यौन दुव्र्यवहारको आरोप लाग्यो । सन् २०१४ मा फिल्म ‘बम्बे भेल्भेट’ को प्रमोसन टुरका क्रममा विकासले आफूमाथि यौन दुव्र्यवहार गरेको एक क्रु मेम्बरले दावी गरेकी छन् ।

यसलगत्तै कंगनाले मुख खोलिन् । उनले ती ‘पिडित’ महिलाको समर्थन गर्दै विकासको दुर्व्यवहार आफूले पनि झेलेको उल्लेख गरिन् । कंगनाले विकाससँग फिल्म ‘क्वीन’ मा काम गरेकी थिइन् ।

कंगनाले भनेकी छन्, ‘उनी विवाहित भए पनि दिनदिनै नयाँ युवतीसँग सेक्स गरेको गफ दिन्थे । मसित अनावश्यकरुपमा टाँसिन्थे, मेरो कपालमा घुसि्रन्थे र भन्थे- तिम्रो कपालको सुगन्ध मलाई मन पर्छ ।’

कंगनाको यो भनाईलाई कतिले पत्याए कतिले पत्याएनन् । हालै नायिका सोनम कपुुरलाई कंगनाको उक्त अभिव्यक्तमाथि प्रतिक्रिया मागिँदा उनले जवाफ दिइन्, ‘कंगनाले भनेको सबै कुरा सही हुन्छन् भन्ने छैन ।’

सोनमको यस्तो प्रक्रियाबाट कंगना निकै क्रुद्ध बनेकी छन् । उनले टि्वटरमा सोनमविरुद्ध फायर खोलेकी छन् । उनले लेखेकी छन्, ‘सोनम को हुन् मेरो मूल्यांकन गर्ने ? म उनीजस्तो बाबुको नाम भजाएर बलिउडमा आएको होइन । आफ्नो बलबुतामा टिकिरहेकी छु । अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरेकी छु । सोनमसँग के छ ? न अभिनय राम्रो छ न शरीर नै मिलेको । खाली बुवाको नाम बेचेर खाइरहेकी छन् ।’

कंगनाको यति कडा टिप्पणीप्रति सोनमको प्रतिक्रिया कस्तो आउला प्रतिक्षा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment