+
+
Shares

‘प्रेमनाथ’को सुटिङ सकियो, सम्पादन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १०:०५

काठमाडौं । प्रेम कथामा आधारित चलचित्र ‘प्रेमनाथ’को सुटिङ सकिएको छ । निर्देशक गणेश बेलबासेले ९० प्रतिशतभन्दा बढी सुटिङ सकिएको जानकारी दिए ।

‘केही दृष्य मात्र बाँकी छन् तर सुटिङ लगभग सकिएको भन्नुपर्छ, अब प्रारम्भिक सम्पादनको काम पनि सुरु भएको छ,’ बेलबासेले भने ।

प्रेमनाथको सुटिङ कपिलवस्तु, दाङ, रोल्पा लगायतका जिल्लामा गरिएको छ । नायिकाको रुपमा कृति गौतमले प्रेमनाथबाट नेपाली रजतपटमा डेब्यू गरेकी छन् । उनले भनिन्, ‘फिल्म राम्रो छ । मैले पनि निकै मिहिनेत गरेकी छु ।’

चलचित्रमा कृतिसँगै निर शाह, गणेश बेलबासे, सुरबिर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, मोनालिसा विष्ट, सम्झना भेटवाल, पूजा रिमाल लगायतको अभिनय हेर्न पाइने छ । बेलबासे खलनायकको रुपमा देखिने छन् । सुटिङमा धेरै मिहिनेत र खर्च हेलिकोप्टरबाट गरिएको फाइटमा भएको उनी बताउँछन् । यो फाइटको सुटिङ लुम्बिनीमा गरिएको छ ।

प्रेमनाथ नेपाल र भारतमा रिलिज हुने छ । आगामी जेठतिर रिलिज गर्ने लक्ष्य छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।

चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद द्वा छन् । उनको यो पहिलो फिल्म हो । सहनिर्माता बसन्तराज भट्ट छन् ।

चलचित्रमा द्वन्द्व भरत क्षेत्रीको छ । सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । नृत्य रजिन पाठकको छ । चलचित्रका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर छ ।

‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका छन् । ‘प्रेमनाथ’ बेल्वासेको दोस्रो फिल्म हो । यसअघि उनले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?