Comments Add Comment

रुपन्देहीको सालझण्डीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

२२ असोज, बुटवल । रुपन्देहीको सालझण्डीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी सैनामैना नगर समितिको आयोजनामा असोज २४ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

भलिबल खेलको विकास र खेलाडीहरुको स्तरोन्नतिका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष यमलाल खरेलले बताए । प्रतियोगितामा रुपन्देही, स्याङजा, गुल्मी र नवलपरासीका १० टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७ सय ७७, द्धितीय हुनेले ४४ हजार ४ सय ४४, तेस्रो हुनेले २२ हजार २ सय २२ र चौथो हुनेले ११ हजार १ सय ११ नगद पुरस्कार पाउने कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा वेष्ट प्लेयरलाई ४ हजार ५ सय र उत्कृष्ट स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, सेटर र उत्कृष्ट कोचलाई क्रमश २५ सयद्वारा सम्मान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment