Comments Add Comment

‘संस्कारी बाबु’को असली रुप: महिला निर्देशकलाई उनकै घरमा बलत्कार !

 

फिल्म तथा सिरियलमा प्राय ‘संस्कारी बाबु’ को भूमिकामा देखिने भारतीय अभिनेता आलोकनाथ गम्भीर विवादमा परेका छन् । एक निर्मात्री तथा निर्देशकले आफूमाथि आलोकनाथले नशालु दवाई खुवाएर बलत्कार गरेको आरोप लगाएकी छन् ।

भारतमा ‘मि टु’ अभियानले उग्ररुप लिएसँगै यो प्रकरण बाहिर आएको हो । निर्मात्री/निर्देशक विनिता नन्दाले आफूमाथि १९ वर्षअगाडि बलात्कार भएको भन्दै फेसबुकमा स्टाटस लेखेपछि बलिउडमा हलचल मच्चिएको छ ।

‘यो घटना बाहिर ल्याउनका लागि मैले १९ वर्ष कुर्नुपर्‍यो,’ उनी भन्छिन्, ‘अहिले सही टाइम आएको छ ।’

विनताले आलोकनाथको नाम उल्लेख नगरी लेखेकी छन्, ‘संस्कारी र कुशल अभिनेता भनिएका ती व्यक्ति वास्तविकतामा एकदमै खराब नियतका, जड्याहा र यौनपिपाशु । उनले ममाथि गरेको दुष्कर्म कहिल्यै भूल्न सक्दिना ।’

विनताले निर्देशन गरेको टिभी सिरियल ‘तारा’ मा आलोकनाथले प्रमुख भूमिका निर्वाह गरेका थिए । सोही सिरियल निर्माण क्रममा यो घटना भएको उनले बताएकी छिन् ।

विनताले सुनाएको घटना विवरण यस्तो छ:

‘उनी (आलोकनाथ) बाहिरबाट शिष्ट देखिए पनि साह्रै खराब मान्छे रहेछन् । सिरियलका अभिनेत्रीहरुलाई अति सताउँदा रहेछन् । अभिनेत्रीहरुले गुनासो लिएर आएपछि हामीले उनलाई सिरियलबाट हटाउने निधो गर्‍यौं ।

मलाई याद छ, त्यो दिन उनको आखिरी सट थियो । उनी दारुले टिल्ल भएर आफ्नो टेक दिन आए । जब क्यामरा रोल भयो, उनले अभिनेत्रीमाथि दुर्व्यवहार गरे । अभिनेत्रीले उनलाई गालामा थप्पड हानिन् । त्यसपछि हामीले उनलाई तुरुन्तै सेटबाट निस्कने आदेश दियौं । यसरी उनी सिरियलबाट बाहिरिए ।

‘एक दिन उनले मलाई आफ्नो घरमा आयोजित पार्टीमा निम्तो गरे । म गएँ । पार्टीमा मलाई दिइएको डि्रङ्समा नशालु पदार्थ मिसाइएको रहेछ । राति दुई बजेतिर मलाई अनौठो महसुस भयो र म उनको घरबाट एक्लै निस्किएँ । म पैदल नै आफ्नो घरतर्फ जाादै थिएँ । बाटोमा उनी आफ्नो कार लिएर आए । मलाई कारमा बस्न आग्रह गरे र मेरो घर छोडिदिने बताए । बिना कुनै आशंका म उनको कारमा बसेँ । त्यसपछि के-के भयो मलाई राम्ररी याद छैन । तर, यो याद छ कि उनले जबरजस्ति मेरो मुखमा रक्सी हालिदिएका थिए । जब होशमा आएँ, मैले आफूलाई आफ्नै घरको बेडमा पाएँ । शरीरमा जताततै दुखिरहेको थियो । त्यसपछि थाहा पाएँ कि मलाई आफ्नै घरमा ल्याएर बलत्कार गरिएछ ।

यो कुरा मैले आफ्ना नजिकका साथीहरुलाई बताएँ । तर, सबैले मलाई यो कुरा गुपचुप राख्न सल्लाह दिए । बाहिर उनको प्रतिष्ठाले गर्दा सबैले मलाई नै नराम्रो सोच्न सक्ने उनीहरुको भनाई सही नै थियो । तर, आज म मुख खोल्न वाध्य भएकी छु । अरुले जेसुकै सोचुन मलाई मतलब छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment