+
+

गलत काम गर्ने प्रहरी अधिकृत बर्खास्तीमा पर्छन्ः आईजीपी खनाल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १३:१८

२४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेको भन्दै त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए ।

आईजीपी खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाइका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपील गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?