+
+

सप्तरीमा लामो दूरीका गाडी चालकका लागि रिफ्रेस सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १८:२५

२४ असोज, सप्तरी । लामो दूरीका गाडी चलाउने चालकहरुका लागि सप्तरीमा प्रहरीले रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको छ ।

राजधानी काठमाडौंसहित लामो दूरीमा सबारी हाँक्ने चालकहरुका लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिकामा रिफ्रेससमेन्ट सेन्टरको स्थापना गरिएको छ ।

लामो दूरीका गाडी केहीबेर रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाउने उद्देश्यका साथ यो सेन्टरको स्थापना गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार बसका चालकसहित यात्रुहरुका लागि पनि दिशा, पिसाब गर्ने व्यवस्था मिलाइएको छ ।

बुधबार लामो दूरीका केही सवारी साधनलाई रोक्न लगाई चालकका साथै यात्रुहरुलाई पानी र चिया खुवाएर सेन्टरको उद्घाटन गरिएको छ ।

दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सेन्टरको एक कार्यक्रमकाबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे । उनले लगातार गाडी हाँक्नाले चालकको स्वास्थ्यमा असर पर्ने र यसले दुर्घटना पनि बढाउन सकिने भएकाले यी दुबैलाई यो सेन्टरले घटाउने विश्वास व्यक्त गरे ।

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी भावेश रिमालले लामो दूरीमा चल्ने सबै किसिमका सवारीसाधनलाई यहाँ रोकेर रिफ्रेस गराइने बताए । विशेष गरी रातको समयमा चल्ने सवारी साधनहरुलाई लक्षित गरी सञ्चालन गरिएको र यो कार्यक्रमलाई छठ पर्वसम्म निरन्तरता दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?