+
+
Shares

भोटेकोशी बाढीपीडितका लागि सिरहाका पाँच पालिकाबाट ५१ लाख बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिरहाका पाँच स्थानीय तहले ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका छन्।
  • मिर्चैया नगरपालिकाले २५ लाख ५८ हजार, लहानले ११ लाख, गोलबजारले ५ लाख ५५ हजार ५५५, कल्याणपुरले ५ लाख र सिरहाले ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
  • स्थानीय तहहरूले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको तत्काल उद्धार र सुरक्षित पुनर्स्थापनालाई प्राथमिकता दिने बताएका छन्।

१९ भदौ, सिरहा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिरहाका पाँच स्थानीय तहले ५१ लाखभन्दा बढी सहयोग गर्ने भएका छन्।

मिर्चैया नगरपालिकाले २५ लाख ५८ हजार, लहान नगरपालिकाले ११ लाख, गोलबजार नगरपालिकाले ५ लाख ५५ हजार ५५५, कल्याणपुर नगरपालिकाले ५ लाख र सिरहा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

यससँगै यी पाँच स्थानीय तहबाट मात्रै भोटेकोशी बाढीपीडितका लागि ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग हुने भएको छ।

स्थानीय तहहरूले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन घडीमा प्रभावित परिवारको तत्काल उद्धार, आवश्यक राहत तथा सुरक्षित पुनर्स्थापनालाई प्राथमिकता दिँदै स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?