News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय साहलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।
- साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।
- त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मत कार्य भइरहेका बेला साह त्यहाँ गएको हुनसक्ने बताइएको छ।
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4