+
+
Shares

फेसबुकपछि ह्वाट्सएपमा पनि ह्याकिङको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते ७:००

फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ ।

उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ ।

प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी गरेको छैन । त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्र्सप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन ।

शोधकर्ता ट्राभिस आर्मेन्डीका अनुसार मात्र एक कलबाट ह्वाट्सएप ह्याक हुने कुरा निकै गम्भीर हो । अझ यस्तो संवेदनशील विषयमा ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै जानकारी नै नगराउनु झनै गम्भीर रहेको शोधकर्ताहरुको टिप्पणी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?