Comments Add Comment

‘चोलीको तुना’ भन्दै ऋचा र छुल्ठिम

चलचित्र ‘न यता न उता’मा समावेश ‘चोलीको तुना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा मिलन जलन तथा राजन इशानको संगीत, राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको स्वर, एकनारायण भण्डारीको शब्द छ । गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

यो गीतको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङको साथमा समिरमणी दिक्षित र मिराज रोशनको अभिनय छ । साथमा चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामाको अभिनय छ । यो चलचित्रलाई मिराज र विसारद बस्नेतले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment