Comments Add Comment

५ वर्ष त खाल्डो खन्ने र पुर्नेमै बित्ला जस्तो छः मेयर शाक्य

२५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल खाल्डो खन्ने र पुर्नेमै बित्ने अवस्था आएको टिप्पणी गरेका छन् । मेलम्चीको पाइप बिछ्याउँदा शहरमा प्रदुषण बढेको बताउँदै त्यसलाई पुर्दैमा आफ्नो ५ वर्षे कार्यकाल सकिने चिन्ता मेयर शाक्यको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफूले महानगरभित्रका समस्या समाधानका लागि प्रयास गरिरहेको दावी गर्दै कतिपय अवस्थामा अधिकार क्षेत्र र सरकारी निकायकै असोयोगका काराण समस्या भएको बताए ।

‘यातायात व्यवस्थापनका लागि सडकमा पार्क गरेर यात्रु हाल्नु हुँदैन, पिक एण्ड ड्रपको प्रणाली लागू हुनुपर्छ भनेको लामो समय भयो,’ उनले भने,’ट्राफिक प्रहरीले सहयोग नै गरेन ।’

उनले सडक विस्तारको कामका कारण पनि काठमाडौंमा सडकहरुको हाल अस्तब्यस्त भएको बताए । उनका अनुसार आफ्नो कार्यक्षेत्रमा पर्ने शहरी सडकहरुमा कालोपत्रे गर्न काम सुरु भइसकेको छ ।

उनले फोहोर व्यवस्थापनमा राज्यले बनाएको नीति कार्यान्यवन नहुँदा दोष जति सबै महानगरुको थाप्लोमा आइरहेको टिप्पणी गरे । उनले ओखरपौवामा देखिएको समस्या समाधानका लागि सरकारले बनाएको योजना अनुसार नै काम अघि बढ्नु पर्ने बताए ।

शाक्यले महानगरपालिकाले वृद्धाश्रम बनाउन अब सहयोग नगर्ने नीति लिएको पनि बताए । उनले आफ्ना आमाबाबुको स्याहारसुसारको जिम्मा सन्तनले नै लिनुपर्ने भन्दै महानगरले बृद्धाश्रम निर्माणका लागि सहयोग नगर्ने नीति लिएको बताए ।

उनले प्रत्येक वडामा कम्तिमा एउटा बृद्धाश्रमको सट्टामा ज्येष्ठ नागरिक मनोरञ्जन केनद्र निर्माण गर्न लागिएको बताए । त्यसमा बृद्धाबृद्धाहरु जम्मा भएर मनोरञ्जन गर्न सक्ने उनले बताए ।

यस्तै मेयर शाक्यले अब महानगरपालिकाले सडकमा सौर्यबत्ती पनि जडान नगर्ने बताए । लाखभन्दा बढी खर्च भएका बत्ती बिगि्रहाल्ने समस्या देखिएकाले अब एलईडी सडक बत्ति राख्नमै आफूहरु केन्द्रित रहेको बताए ।

शाक्यले २५ लाखसम्मको योजना वडाले नै स्वकृति गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिँदै साना कामका लागि महानगरपालिकामा धाउनुपर्ने अवस्था नरहेको दावी गरे ।

उनले ढलको व्यवस्थापन, वृक्षारोपण, सार्वजनिक जग्गाको संरक्षण, पार्कहरुको व्यवस्थापन लगायतका काम एकसाथ अघि बढाइएको बताए ।

उनले रानीपोखरीको रोकिएको पुनर्निर्माण पनि केही समयभित्रै सुरु गर्ने गरी टेण्डर गरिएको जानकारी दिँदै काष्ठमण्डप पुनर्निर्माणका लागि पहिलो चरण्मा काम अइसकेको बताए ।

काष्ठमण्डपलाई उपभोक्ता समतिको मेाडलमा निर्माण गरिने बताउँदै उनले त्यसका लागि आवश्यक १८ करोड रुपैयाँ महानगरपालिकाले नै बेहोर्ने बताए ।

शाक्यले महानगरले गैरसरकारी संस्थाको १ करोडभन्दा घटीको कार्यक्रम स्वीकृति नगर्ने बताउँदै साना बजेटको शहरी कार्यक्रम महानगरलाई आवश्यक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment