Comments Add Comment

दशैंको सांगीतिक कोसेली, उत्तमको ‘मिठो-मिठो’

घटस्थापनादेखि विधिवत् रुपमै दशैं सुरु भएको छ । दशैंको माहौल सुरु भइसकेको छ । यो रमाइलो माहौललाई किन संगीतमय नबनाउने ?

पक्कै पनि आफन्तसँगको जमघटमा रमाइलो गरिन्छ । खाने, पिउने, नाच्ने, गाउने गरिन्छ । बर्षदिनमा एकपटक आउने पर्व उल्लासमय बनाउनै पर्छ । हो, यस्तै माहौललाई थप रोमाञ्चक बनाउनका लागि बजारमा नयाँ गीत आएको छ । रोमान्टिक शैलीको यो गीतले जो कोहिलाई फेस्टिभ मुडमा पुर्‍याउँछ ।

गीतले भन्छ, मिठो-मिठो । गीत पनि मिठो नै छ, जिब्रोमा झुन्डिहाल्ने । यसमा आवाज छ, उत्तम थापा मगर युडी, राजनराज शिवाकोटी र मेलिना राईको ।

त्यसो त राजनराज शिवाकोटी अहिले डान्सिङ नम्बर पस्कनेमा नम्बर वान नै मानिन्छ । पूर्व पश्चिम रेल, कुटुमा कुटु जस्ता दर्जनौ हिट नम्बर दिइसकेका राजनराजले मूलत चाडपर्व एवं उत्सवहरुमा रमाउने खालका गीत रचना गर्दै आएका छन् । डा. राजबाबु श्रेष्ठले लेखेको गीतलाई यसपाली उनले रोमान्टिक भाकामा संगीत मात्र दिएका छैनन्, आवाज पनि दिएका छन् । यसमा अर्को महिला स्वर छ, मेलिना राईको । मेलिना अहिलेका सर्वाधिक चल्तापूर्जा गायिका हुन् । खासगरी पाश्र्व गायनमा उनी छाएकी छिन् ।

अब कुरा गरौं, उत्तमको । उनले धेरै गीत गाएका छैनन् । यद्यपी जति गाएका छन्, कर्णपि्रय छ । उत्तम, राजनराज र मेलिना सम्मिलित स्वरलाई दृश्यांकन गरेका छन्, निकेश खड्काले । निकेश खड्का क्रिएसनले उत्पादन गरेको भिडियोमा आकाश श्रेष्ठ र कविता नेपालीलाई फिचरिङ गराइएको छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । प्रविन ‘मोक्ष’ फिल्मका निर्देशक हुन् । निकेशले यसअघि ‘फाटेको जुत्ता’ नामक फिल्म निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment