Comments Add Comment

अग्रिम टिकट नपाएकासँग दोब्बर भाडा असुल्दै यातायात व्यवसायी

२६ भदौ, काठमाडौं । दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवरीका यात्रुलाई बढी भाडको मार परेको छ । कलंकी र कोटेश्वर र नयाा तथा पुरानो बसपार्क बाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ ।

नाकाहरुमा यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् ।

बल्खुबाट चल्ने टाटा सुमोहरुले दोब्बरसम्म भाडा उठाउँदा पनि ट्राफिक प्रहरीले कुनै कारवाही गरेको छैन । बल्खुबाट दक्षिणकली-हेटौंडा हुँदै सर्लाहीसम्म चल्ने सुमोहरुले दोब्बर भाडा अशुलिरहेका छन् ।

बल्खुमा हेटौंडा जानका लागि पुगेका रितेश थपलियाले आफूले हेटौंडा पुग्न साढे ८ सय रुपैयाँ भाडा तिरेको बताए । हेेटौंडा जान सुमोको भाडा ४ सय भाडा तोकिएको छ ।

‘सुमो छैन भन्छन् । रिजर्भ जाने भएर मिलाएर लान्छौं दोब्बर भाडा पर्छ भनेपछि तिरियो’ उनी भन्छन्,’के गर्नु घर त पुग्नैपर्छ । जति भनेपनि तिर्नैर्पयो ।’

बल्खुका एक सुमो व्यवसायी भने हेटौंडाबाट काठमाडौं आउँदा रित्तै आउनुपर्ने भएकाले यहाँबाट बढीभाडा नलिई लैजान नसकिने बताउँछन् । विगतका वर्षहरुमा पनि यसो गरिएको भन्दै उनले घाटामा गाडी चलाउन नसकिने बताए ।

अहिले बल्खुबाट छुट्ने अधिकांश सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिएपनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर थमाउने गरेका छन् ।

बल्खुमा मात्रै हैन, विपी हाइवे भएर चल्ने कोटेश्वरका सुमोका काउन्टरले पनि त्यसै गरिरहेका छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।

अग्रीम टिकट लिन नभ्याएकाहरुले दोब्बरसम्म भाडा तिरेर जान लागेको बताउँछन् । छोटो दूरीमा अग्रीम टिकट पनि नखुलाइएकाले त्यँही सबैभन्दा धेरै ठगी भइरहेको पाइएको छ ।

यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । दशैंको आसपास काउन्टरबाटै बढी भाडा लिने कर्मचारीलाई प्रहरीमार्फत नियन्त्रण लिएर कारवाही चलाउने चेतावनी विभागको छ ।

ट्राफिक प्रहरीले पनि अनुगमन र निरानी बढाइएको भनेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment