Comments Add Comment

३६५ कलाकारले एउटै गीत गाएर विश्व कीर्तिमानी

२६ असोज, काठमाडौं । एउटै गीत ३६५ जनाले गाएर नेपाली कलाकारहरुले विश्व कीर्तिमानी कायम गरेका छन् ।

विश्वमै सबैभन्दा धेरै कलाकारले गाएको छोटो गीत शीर्षकमा कलाकारहरुले गीनिज बुक अफ वर्ल्डमा रेकर्ड कायम गरेका हुन् ।

वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले तयार पारिएको गीतमा राष्ट्रकवि माधव घिमिरेसहित ३६५ नेपाली कलाकारहरु सहभागी छन् ।

गीत ३३ मिनेट ४९ सेकेन्डको रहेको ३६५ मध्यकी गायिका टीका पुनले जानकारी दिइन् ।

यो गीतकाे २०७३ जेठ ६ गते रेडियो नेपालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको थियो भने २०७४ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लोकार्पण गरिएको थियो ।

कीर्तिमानी कायम गरेका कलाकारहरुलाई बिहीबार पर्यटन, संस्कृति मन्त्री रविन्द्र अधिकार र बरिष्ट गायक प्रेमध्वज प्रधानको उपस्थितिमा अभिनन्दन गर्दै प्रमाणपत्र प्रदान गरिएको छ ।

वातावरण संरक्षण सम्बन्धी तयार गरिएको गीत कीर्तिपुर मैदानमा ३६५ जना कलाकारले गाउँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment