+
+
Shares

सिन्धुलीमा फेरि बस दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १३:१४

२७ असोज, काठमाडौं । सिन्धुलीमा फेरि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटनामा परेको हो ।

बसमा ३० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य छ ।

‘बस तल खसेको भए ठूलो क्षति हुनसक्थ्यो’, एसपी यादवले अनलाइनखबरसँग भने, ‘तर, सडकमै दुर्घटना भएको हुँदा धेरै क्षति हुन पाएन ।’

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । यसअघि शुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?