Comments Add Comment

पीपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा तीन उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने भएका छन् ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक पाउनेछन् ।

सुजुकी मोटर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजी अटोमोबाइल्सले पीपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइकल दिने भएको हो ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
पोखरा पि्रमियर लिग कात्तिक ९ देखि २० गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment