+
+
Shares

इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर १५ हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १५:२३

२८ असोज, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको हो ।

इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेले सोही नगरपालिकाको वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लिएर भाग्दै गरेको अवस्थामा उनीहरूलार्इ पक्राउ गरिएको अख्तियारको कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए ।

सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले बताएको छ ।
पक्राउ परेका दुबैको थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?