+
+
Shares

‘प्रसाद’को दोश्रो गीत रिलिज, विपिनले गाउँदा निश्लच र अञ्जली नाचे

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १५:५७

चलचित्र ‘प्रसाद’को पहिलो गीतले चर्चा पाइरहेको छ । पहिलो गीतले चर्चा पाइरहँदा दोश्रो गीत पनि सार्वजनिक भएको छ । ‘बनकी चरी’ बोलको गीत आज काठमाण्डौमा आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

यो गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर, सुभाष भुषालको संगीत र वी पाण्डेको शब्द छ । गीतको शब्दले मन छुन्छ । मंसिर २१ गतेबाट रिलिज हुने यो चलचित्रले निःसन्तान दम्पत्तीको कथालाई उठान गरेको छ ।

चलचित्रको सार्वजनिक गीतमा नायक विपिन कार्की, कलाकार निश्चल बस्नेत र मोडल अन्जली अधिकारीलाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा छिन् ।

चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन, हिमाल केसीको थ्रील, सुशिल पौडेलको कथा, शिव वीकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सुभाष थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?