Comments Add Comment

भारतीय विदेश राज्यमन्त्रीद्वारा यौन दुर्व्यवहारको आरोप अस्वीकार

२८ असोज, काठमाडौं । भारतका विदेश राज्यमन्त्री एमजे अकवरले यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन् । साथै उनले उपयुक्त कानुनी उपचार खोज्ने समेत बताएका छन् ।

पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् । त्यसपछि थप ६ महिलाले आरोप लगाए ।

यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।

अफि्रका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबर आफ्नो बचाउ गरेका छन् । ‘मविरुद्ध लगाइएको आरोप झुटा र बनावटी हुन्’ राज्यमन्त्री अकबरले वक्तव्यमा भनेका छन्, ‘प्रमाण विना लगाइएको अभियोगलाई भाइरल बनाइएको छ ।’

उनले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताए ।

चुनावको पूर्वसंख्यामा यो मुद्दा किन उठाइयो भन्दै उनले भनेका छन्, ‘झुटो र आधारहीन आरोपले मेरो प्रतिष्ठामा अपुरणीय क्षति पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment