Comments Add Comment

काठमाडाैं महानगरपालिकाले भन्याे- ‘दशैंमा घरकाे फाेहाेर बाहिर ननिकाल्नु’

काठमाडौं । काठमाडाैं महानगरपालिकाले दशैंका बेला घरबाट फाेहाेर बाहिर ननिकाल्न अाग्रह गरेकाे छ ।

महानगरले फुलपातीदेखि एकादशीका दिनसम्म कर्मचारीलाई बिदा दिने भएकोले यस अवधिमा घरबाट बाहिर फाेहाेर ननिकाल्न अाग्रह गरिएकाे महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कुमार कार्कीले अनलाइनखबरलार्इ जानकारी दिए ।

‘भाेलि फुलपातीदेखि एकादशीसम्म घरबाट फाेहाेर ननिकाल्न महानगरवासीलार्इ अाग्रह हाे, कर्मचारी पनि बिदामा हुँदा फाेहाेर उठाउन नसकिने र बाहिर सडक, गल्लीमा दुर्गन्ध बढ्ने हुँदा महानगरवासी अाँफै सचेत हुनेछन् भन्रे हाम्राे अपेक्षा छ’, उनले भने ।

दशैं पर्व मनाउँदा सकेसम्म कम फोहोर उत्पादन गर्न महानगरकाे आग्रह छ । यस अवधिमा घर/पसल/उद्योग/व्यवसाय/कार्यालयबाट उत्पादन हुने फोहोरमैला वाहिर निकालेर सडक, सार्वजनिक चोक, गल्ली, मठमन्दिर एवं खुल्ला नफाल्न अाग्रह गरिएकाे वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार सहरका मुख्य स्थानहरु बढार्ने, पानी छर्कनेलगायत सरसफाइका काम भने निरन्तर चल्नेछन् । महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाहरुले पनि उक्त अवधिमा कर्मचारीलाई बिदा दिने भएका छन् ।

महानगरले आफ्नो क्षेत्रबाट उत्पादन हुने फोहोर टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर नुवाकोट जिल्लाको ककनी गाँउपालिका वडा नं २ स्थित सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment