+
+
Shares

सिड्नीमा चङ्गा उडेपछि सुरु भयो दशैंको रमझम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १३:१८

सिड्नी / विदेशी भूमिमा पनि मौलिक नेपाली परम्परासँगै नेवारी सँस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएको गुठी अस्ट्रेलियाले यसपटक पनि अस्ट्रेलियाको सिड्नीमा पाँचौं नेपाल चङ्गा महोत्सव सम्पन्न गरेको छ ।

दशै तिहार जस्ता महान चाडबाडको पूर्व सन्ध्यामा आयोजना गरिने उक्त महोत्सव नयाँ पुस्तालाई नेपाली संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ ।

सिड्नीको रकडेल बाइसेन्टिनियल पार्कमा आयोजना गरिएको उक्त महोत्सवमा चङ्गा उडाइनुका साथसाथै नेवारी सँस्कृतिको ठाकठुके नाच, मजिपा लाखे, पुलुकिसी लगायतका झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, रकडेल काउन्सिलका मेयर बिल साराबिनोस्की, न्यू साउथ वेल्सका प्रतिनिधिसभा सदस्य स्टेफन क्याम्पेर लगायतकाले चङ्गा उडाएर सुरु भएको सो महोत्सवमा सयौंको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

विभिन्न नेपाली परिकारहरुको समेत स्टल राखिएको उक्त महोत्सवमा गायक दिपक बज्रचार्यका साथै उनको रिदम व्यण्ड लगायत अस्ट्रेलियामा रहेका नेपाली बालबालिकाहरुले आफ्ना सांगीतिक प्रस्तुतिहरु पस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?