Comments Add Comment

सिरिया : रासायनिक हतियारको बलमा असद विजेता

२९ असोज, काठमाडौं । सिरियामा सात वर्ष लामो गृहयुद्धमा साढे ३ लाखभन्दा बढी मानिस मारिएपछि राष्ट्रपति बसर अल असद त्यो शक्तिविरुद्ध जित नजिक पुगेका छन्, जसले उनको सत्ता ढाल्न चाहेको थियो ।

आखिर असद कसरी यो भयानक युद्धमा जित नजिक पुगे ? बीबीसी पानारोमा र अरबको खोजविनका क्रममा रासायनिक हतियारको प्रयोग असदका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको पाइएको छ ।

असदको सरकारले सिरियामा रासायनिक हतियारको प्रयोग ब्यापक रुपमा गरेको थियो । सिरियामा सेप्टेम्बर २०१३ देखि अहिलेसम्म कम्तिमा १०६ रासायनिक आक्रमण भएको बीबीसीको दाबी छ ।

यसक्रममा राष्ट्रपति बसर अल असदले इन्टरनेशनल केमिकल वेपन्स कन्भेन्सन -सीडब्ल्यूसी)मा हस्ताक्षर पनि गरे र देशमा रहेका रासायनिक हतियार नष्ट गर्न सहमति पनि जनाए ।

राजधानी दमास्कसको उपनगरीय इलाकामा एक रासायनिक हमलापछि सीडब्ल्यूसीमा हस्ताक्षर भएको थियो । यो आक्रमणमा नर्व एजेन्ट प्रयोग भएको थियो र सयौं मानिस मारिएका थिए ।

पश्चिमका देशले यो आक्रमणलाई दिएर भनेका थिए कि यस्तो केवल सरकारले मात्र गर्न सक्छ । तर, राष्ट्रपति असदले यो आक्रमणका लागि विपक्षलाई जिम्मेवार ठहर्‍यायो । त्यसबेला अमेरिकाले सिरियामाथि सैन्य कारबाहीको धम्की पनि दिएको थियो । तर, असदका महत्वपूर्ण सहयोगी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सिरियामा भएका रासायनिक हतियार नष्ट गर्ने सम्झौता गराउन सफल भए । यो सम्झौतापछि सिरियामाथि अमेरिकी रबैया नरम भएको छ ।

अर्गनाइजेसन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स -ओपीसीडब्ल्यू) र राष्ट्रसंघले सिरिया सरकारको घोषित १३०० टन रासायनिक हपतयार नष्ट गरेपछि आक्रमण रोकिएको छैन । २०१६ मा अलेप्पो शहरमा असदको सेना आउनु अगाडि विपक्षीको कब्जा थियो । अबु जाफर अलेप्पो शहरमा बस्थे । उनी भन्छन्, ‘रासायनिक आक्रमण डरलाग्दो थियो । यस्तो लाग्थ्यो कि सिंगो शहरमा अक्सिजन नै छैन । मानिसहरु मृत्युको सागरमा डुबिरहेका थिए । साच्चै यो डरलाग्दो थियो ।’

तर, असदले सधैं रासायनिक आक्रमण अस्वीकार गरिरहे ।

ओपीसीडब्ल्यू र ग्लोबल वाचडग विश्वभरका रासायनिक हतियारको निगरानी गर्छन् र केमिकल वेपन्स कन्भेन्सनलाई पनि यही संगठनले लागू गराउँछ । उनीहरुका अनुसार रासायनिक हतियारमा मानिसहरुलाई जानीबुझी मार्ने उद्देश्यले एक केमिकल प्रयोग गरिएको हुन्छ ।

इन्टरनेशनल हृयुमेनिटेरियन ल अनुसार रासायनिक हतियारको प्रयोगमा रोक लगाइएको छ । यसको प्रयोग विसम परिस्थितिमा मात्र गरिन्छ । तर, यसको पछाडि एक बलियो सैन्य तर्क हुनुपर्छ । यसको प्रयोगले वातावरणमा पनि नराम्रो असर पर्न सक्छ । यसको असर लामो समयसम्म रहन्छ ।

सिरियामा २०१४ पछि ओपीसीडब्ल्यू र फ्याक्ट फाइडिङ् मेसिन -एफएफएम) र ओपीसीडूब्ल्यू-यूएनको संयुक्त जाँच टोलीले विषालु केमिकल प्रयोगको जाँच गरेको छ । यो टिमका अनुसार सेप्टेम्बर २०१३ देखि अपि्रल २०१८ को बीचमा केमिकल र हतियारको रुपमा मेककिल प्रयोग भएको छ ।

पानामा र बीबीसी अरबीले सिरियामा रासायनिक हमलाको १६४ रिपोर्ट पत्ता लगाएको छ । सिरियामा यो घटना सीडब्ल्यूसीमा हस्ताक्षर पछि भएको छ । बीबीसी टिम यसमा प्रष्ट छ कि १६४ देखि १०६ रासायनिक हतियार प्रयोग भएको छ र यसको पक्का प्रमाण पनि भेटिएको छ ।

सिरियामा ओपीसीडब्ल्यू मिसनका पूर्व प्रमुख जुलियन तंगाएरेले भने, सरकारी सेनाबाट जे संकेत प्राप्त भएको छ, त्यसको आधारमा रासायनिक आक्रमणको पुष्टि हुन्छ । सेनाले यो आक्रमण जारी राखेको छ ।’

बीबीसीका रिसर्चरहरुले राष्ट्रसंघ र ओपीसीडब्ल्यूको पहिलो जाँचमा संलग्न स्वतन्त्र विश्लेषकहरुको पनि सहयोगमा समिक्षा गरेको छ । पीडित र प्रत्यक्षदर्शीको बयानका साथै आक्रमणका तस्वीर र भिडियो पनि प्रयोग गरिएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment