Comments Add Comment

तन्त्र मसाज के हो र कसरी गरिन्छ ?

जब हामी जन्मन्छौं, तेल लगाएर हाम्रो शरीरको मसाज गरिन्छ । यसले शरीरमा रक्त प्रवाह सुचारु हुन मात्र होइन, मांसपेशी, हड्डी बलियो बनाउँछ । जोर्नीलाई लचिलो बनाउँछ । भनौं, मसाज हाम्रो जीवन पद्दतीसँग जोडिएर आएका कुरा हुन् ।

अहिले शहरमा स्पा सेन्टरहरु खुलेका छन्, जहाँ थरीथरीका मसाज गराइन्छ । वास्तवमा मसाज गराउनु भनेको शारीरिक र मानसिक स्वस्थ्यसँग जोडिएका कुरा हुन् । यसका अनेकन फाइदा छन् ।

अब कुरा गरौं तन्त्र मसाजको । संभवत धेरैले यसबारे सुनेका छैनन् । किनभने हामीकहाँ यसको पूर्ण अभ्यास भएको छैन । तन्त्र मसाजको ध्येय पनि उही हो, शरीर र मस्तिष्कलाई तनावमुक्त राख्ने । साथसाथै यसबाट यौन शक्ति पनि बढाउन सकिन्छ । निसन्देहः तन्त्र मसाज वयस्क एवं दम्पतीका लागि फाइदाजनक छ । यसका लागि केही विधी भने सिक्न जरुरी छ ।

घतलाग्दो कुरा त के भने, तन्त्र मसाज दम्पतीले एकान्तमा गर्न सक्छन् । यसका लागि उनीहरुको सयन कक्ष पनि उपयुक्त हुनसक्छ । श्रीमान् र श्रीमतीले एकअर्कामा यस्तो मसाज गर्न वा गराउन सक्छन् ।

तन्त्र मसाजमा शरीर र दिमागलाई आराम दिनको लागि यौन इनर्जीको प्रयोग गरिन्छ । यसलाई सामान्यतया यौनकि्रयासँग जोडेर हेर्ने गरिन्छ तर यसको पछाडि आध्यात्मिक विज्ञानले पनि काम गर्छ ।

हुन त यसले यौनजीवनलाई प्रभावकारी बनाउन पनि मद्धत गर्छ तर यसका अरु पनि धेरै फाइदाहरु छन् । तन्त्र मसाजमा कुनै पनि दक्ष तन्त्र मसाज थेरापिस्टले सेन्सुअल टचको प्रयोग गर्छ र त्यसको माध्यमबाट औंलाहरुलाई हल्का हल्का पुरै शरीरभर घुमाइन्छ ।

यसले शरीरमा सुतेको उर्जालाई जगाउने काम गर्छ । यस्तो मानिन्छ जब एकपटक शरीरमा हराएको उर्जा फेरि जाग्छ त्यतिखेर यसले केवल दुई प्रेम गर्ने मानिसलाई एक अर्कासँग जोड्ने मात्रै नभई शारीरिक र मानसिक दुखाईलाई पनि टाढा बनाउँछ ।
यो मसाजको फाइदा त्यतिखेर तपाईंले भरपुर उठाउन सक्नुहुन्छ जब तपाईंले कुनै व्यावसायीक तन्त्र थेरापिस्टसँग सिकेर आफ्नो पार्टनरको साथमा एक अर्कामा यसको प्रयोग गर्नुहुन्छ ।

तन्त्र शब्द संस्कृतको शब्द तनबाट बनेको हो । तन्त्र मसाजको माध्यमले शरीरको रोकिएको इनर्जीलाई बाहिर निकाल्न सकिन्छ । यसले हाम्रो मेरुदण्डको आधारमा पाइनेवाला कुंडलिनी उर्जालाई आफ्नो थकानको अवस्थाबाट जगाउँछ । त्यसपछि यो हाम्रो पुरै मेरुदण्डमा फैलन्छ र शरीरमा हिलिङको काम गर्छ ।

तन्त्र मसाजको फाइदा यस्ता छन्

अन्य मसाज जस्तै तन्त्र मसाज पनि धेरै आनन्ददायक हुन्छ । यसको माध्यमले शारीरिक दुखाई मात्रै टाढा गर्न सकिने नभई भावनात्मक डर र पछुतोबाट पनि छुटकारा पाउन सकिन्छ ।

मानसिक र भावनात्मक तनाव टाढा गर्छ

तन्त्र मसाजले मानसिक र भावनात्मक तनाव पनि टाढा हुन्छ । यसले तपाईंको दिमागबाट सबै नकरात्मक विचारहरुलाई टाढा गर्न मद्धत गर्छ ।

तन्त्र मसाजले शरीरमा सकरात्मक उर्जा सञ्चार हुन्छ । यसले शरीरको दुखाई कम गर्छ र शरीरलाई फुर्तिलो पनि बनाउँछ । साथै यसले इनर्जेटिक ब्लकेज पनि टाढा गर्छ ।

आध्यात्म तर्फ लैजान्छ

यसले हामीलाई आध्यात्मिकताको तर्फ लैजान मद्धत गर्छ । तन्त्र मसाजले तपाईंलाई आफ्नो शरीर र आफ्नो पार्टनरको साथ कनेक्सन खोज्न मद्धत गर्छ ।

यसले तपाईंको भित्री मनलाई पनि आनन्द दिन्छ र आँफैलाई जान्ने उत्सुकता पनि बढाउँछ ।

यौन समस्या समाधान गर्छ

तन्त्र मसाजको माध्यमले हिलिङ, सेल्फ अवेरनेस, तनावबाट छुटकारका पाउने आदी जस्ता फाइदा लिन सकिन्छ । यसले तपाईंलाई चरम यौनसन्तुष्टि प्राप्त गर्न पनि मद्धत गर्छ ।

यस बाहेक तपाईंको बितेको जीवनको सेक्सुअल ट्रमा, पुराना यौनजीवनको याद, कसैसँग जोडिएको भावनात्मक समस्याहरु, यौनकार्यमा मन नलाग्ने जस्ता समस्यालाई समाधान गर्न पनि सकिन्छ ।

यसरी गर्नुहोस् मसाज

-यो मसाज गर्दा सबैभन्दा पहिले माहौलमा ध्यान दिनुपर्ने हुन्छ । मसाज गर्ने कोठामा हल्का प्रकाश राख्नुहोस् र खुल्ला हावा आओस भन्ने कुरामा ध्यान दिनुहोस् ।

-मसाज गराउन भन्दा पहिले प्रक्रियाको क्रममा छिटो छिटो सास फेर्न भुल्नुहुँदैन भन्ने कुरालाई ध्यानमा राख्नुहोस् ।

-आफ्नो पार्टनरलाई सजिलो यस्तो मुद्रामा सुत्न लगाउनुहोस् कि उनीहरुले आरामदायी रुपमा यो मसाजको लाभ उठाउन सकुन् । त्यसपछि अब विस्तारै-विस्तारै उनीहरुको जनेन्दि्रयमा मसाज गर्न सुरु गर्नुहोस् ।

-धेरै लाभको लागि तपाईं सूर्यमुखी, भिटामीन सी जस्ता तेलको प्रयोग गर्नसक्नुहुन्छ । मसाज गरिदिँदा उनीहरुलाई कँही पनि चोट नलागोस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

-यस क्रममा तपाईं फरक फरक मसाजको विधिपनि अपनाउन सक्नुहुन्छ । जब तपाईंलाई लाग्छ कि तपाईंको पार्टनरलाई यो मसाजको माध्यमले सन्तुष्टी मिलिसकेको छ त्यपछि उनलाई ५ देखि १० मिनेटसम्म आँफूमा लिन बनाउनुहोस् ।

-फेरि पार्टनरलाई आफूलाई पनि यसरी नै मसाज गरिदिन भन्नुहोस् । यसरी पालैपालो मसाज गरेर तपाईंले मानसिक र भावनात्मक तनावबाट मुक्ति पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment