Comments Add Comment

७० बर्षकी भइन् हेमा मालिनी, यती अनौठो थियो उनको लभ अफेयर

हेमा मालिनी, अहिलेका पुस्ताकी अभिनेत्री होइनन् । हाम्रै समाजमा एउटा सिंगो पुस्ता हेमा मालिनीको फिल्म हेरेर हुर्किएका छन् । किनकी आफ्नो जमानाकी चल्तापूर्जा अभिनेत्री थिइन् उनी । त्यो यस्तो जमना थियो, जतिबेला बलिउड स्टार्स हेमा मालिनीको सपना देख्थे । बलिउडका एक वा दुई होइन, तीन-तीन सुपरस्टार उनीसँग विवाह गर्न चाहन्थे । तर, उनको दिलले धर्मेन्द्रलाई रोज्यो ।

उनलाई सुपरस्टार भनिन्छ । बलिउडको पहिलो डि्रम गर्ल भनिन्छ । अहिले उनी फिल्मी क्षेत्रमा सक्रिय छैनन् । यद्यपी उनको चार्म अझै घटेको छैन ।

फिल्मकै जस्तो जीवनकथा

आजकै दिन हेमा मालिनी ७० बर्षकी भइन् । उनको निजी जीवन पनि फिल्मको कथा भन्दा कम छैन । चाहे धमेन्द्रसँग उनको विवाहको कुरा होस् वा बलिउडमा उनको इन्ट्री या त राजनीतिमा सफलता । उनको जीवन पूर्णतः फिल्म जस्तै छ ।

हेमा मालिनीले पाँच दशकअघि बलिउडको पहिलो फिल्म खेलेकी थिइन् । त्यसपछि उनी रातारात सुपरस्टार भइन् । उदेगलाग्दो कुरा त के भने, हेमा मालिनी जस्ती असाध्यै राम्री र स्टाइल आइकन पनि कति पटक फिल्मबाट रिजेक्ट भइन्, फिगरको कारण ।

हेमाको सौन्दर्यमा भुतुक्कै तीन सुपरस्टार

यो कुरा सन् १९७४ को हो, जब बलिउडका तीन सुपरस्टार संजीव कुमार, जीतेन्द्र र धर्मेन्द्र हेमा मालिनीलाई आफ्नो बनाउन चाहन्थे । हेमाले धर्मेन्द्र रोजिन, जो पहिले नै विवाहित थिए । त्यही कारण हेमाका घरपरिवार धर्मेन्द्रसँग उनको विवाह भएको हेर्न रुचाउँदैनथे ।

यता धर्मेन्द्र आफ्ना पहिलो पत्नी प्रकाश कौरसँग सम्बन्ध विच्छेद गरेर हेमासँग विवाह गर्न चाहन्थे । तर, प्रकाशले धर्मेन्द्रलाई डिभोर्स दिन चाहिनन् ।

के पनि भनिन्छ भने संजीव कपूर समेत हेमासँग विवाह गर्न चाहन्थे र यसका लागि उनले धर्मेन्द्रको मद्दत लिएका थिए । तर, हेमाले संजीवसँग विवाह गर्न मानिनन् ।

हेमा र जितेन्द्रको लभस्टोरी

संजीव कपूरसँग राजी नभएपछि हेमाको जितेन्द्रसँग अफेयर चल्यो । जब दुबै ‘दुल्हन’ फिल्मको छायांकनमा थिए, त्यही क्रममा उनीहरुले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका थिए ।

यसपटक दुबैका परिवार उनीहरुको विवाह गर्नका लागि तयार थिए । तर, त्यही क्रममा जितेन्द्र आफ्ना बाल्यकालकी साथी शोभासँग पनि डेट गरिरहेका थिए । शोभाले हेमासँगको सम्बन्ध थाहा पाएपछि हेमलाई सम्झाई बुझाई गरे ।

हुन त जितेन्द्र र हेमा मालिनीको विवाह भएन । तर, त्यसबेला उनीहरुको लभ अफेयरको चर्चा निकै चुलिएको थियो ।

आखिरमा हेमाको विवाह धर्मेन्द्रसँग नै जुर्यो । अनेक वाधा अड्चन पन्छाउँदै उनीहरुले विवाह गरे । उनीहरुको विवाह हेमाका पिताको निधनपछि भएको थियो । हेमाकी आमा पनि उनीहरुको विवाहप्रति खुसी थिएनन् ।

हेमाले बताएकी छिन् कि, धर्मेन्द्रसँग उनी यसकारण आकषिर्त भएका थिए कि, उनी हेमाकी आमा जस्तै शान्त र बलियो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment