Comments Add Comment

दशैंमा पोखराका होटलहरु आधा खाली

३१ असोज, पोखरा । नेपालीहरुमा दशैंका बेला पनि घुम्न जाने प्रचलन बढ्दोछ । कतिपय विदेश जान्छन् भने कतिपयले आन्तरिक गन्तव्यहरु रोज्ने गरेका छन् ।

देशभित्रकै ठाउँ घुम्न जानेहरुको रोजाइमा पर्ने केही निश्चित ठाउँहरु मध्ये एक हो, पोखरा । यो वर्ष पनि थुप्रै आन्तरिक पर्यटक पोखरा टूरको तयारीमा छन् ।

तर, अझै पनि पोखराका आधा होटल आली छन् । प्रायः सँधै भरिभराउ हुने पोखराका होटलहरु चाडपर्वका कारण आधा खाली भएका हुन् । तेश्रो मुलुकबाट आउने विदेशी पर्यटकहरु पनि घटेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत मात्र होटल बुक छन् ।

पोखरामा हाल करिब ८० प्रतिशत विदेशी पर्यटक छन् भने करीब २० प्रतिशत मात्र आन्तरिक पर्यटक छन् । यो दशैंका कारण भएको अध्यक्ष तुलाचनले प्रष्ट पारे ।

पोखरा सबै मौसमका लागि भनिएपनि पर्यटक आगमनमा भने त्यस्तो देखिएको छैन । अक्टोवर र नोभेम्वर पर्यटक आउने सिजन हो । यसबेला होटलको अकुपेन्सी ९० प्रतिशत हुनुपर्ने हो । र प्रायः सबै होटल भरिभराउ हुनुपर्ने हो । तर यस वर्ष सोचेजस्तो पर्यटक आउन नसकेको संघका अध्यक्ष तुलाचनले बताए ।

तुलाचनका अनुसार केहि दिन अघिसम्म पोखराको होटलहरुमा अकुपेन्सी ३५ देखि ४० प्रतिशत मात्र थियो । तर, पछिल्लो दिनमा बढ्दै गएर अहिले करिब ५० प्रतिशत पुगेको छ ।

सोह्र श्राद्धपछि आन्तरिक पर्यटकको चहलपहल बढेपनि घटस्थापनापछि घटेको उनले बताए । सोह्र श्राद्धमा पितृको श्राद्ध गर्नका लागि मुक्तिनाथ जानेहरु पोखरा हुँदै जाँदा त्यसबेला आन्तरिक पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । तर घटस्थापनापछि घरमै र्फकने भएकाले आन्तरिक पर्यटक घटेका छन् ।

दशैंका कारण अहिले अकुपेन्सी कम भएपनि केहि दिनपछि बढ्ने आशामा आफूहरु रहेको अध्यक्ष तुलाचनले बताए । उनका अनुसार नोभेम्बरसम्म पर्यटनको पिक आवर हो । त्यतिञ्जेलसम्म करीब ६५ प्रतिशत अकुपेन्सी पुग्ने अनुमान छ । तर, यो वर्ष पर्यटक आगमन उत्साहजनक हुने लक्षण नदेखिएको व्यवसायीहरु बताउँछन् ।

उनका अनुसार पदयात्रामा मोटर बाटोको पहुँच पुगेपछि होटल अकुपेन्सी प्रभावित भएको हो । मोटर बाटोबाट चाँडो पुगिने भएकाले होटलमा बास बस्दैनन् ।

हवाइजहाजको पहुँचका कारण पनि पर्यटक सिधै पोखरा आउने र सोहि दिन टे्रेकिङमा निस्कने गर्दापनि त्यसको असर होटलको अकुपेन्सीमा देखिएको छ । टे्रकिङबाट फर्केपछि पनि कोहि एकरात मात्र बस्ने त कोहि बस्दै नबसी र्फकने गर्दापनि होटलले बिजनेस कम पाएको अध्यक्ष तुलाचनले बताए ।

त्यस्तै ट्रेकिङ रुटमा पर्ने स्थानिय ठाउँहरुमा पूर्वाधार थपिँदा पनि पोखराका होटलहरुले कम बिजनेस पाएको उनले बताए । उनका अनुसार टे्रकिङ रुटका नजिकका ठाउँहरुमा राम्रा/राम्रा होटल तथा रिसोर्टसमेत खुल्नुका साथै केहि होम स्टेहरुका कारण पनि पर्यटकको बसाई पोखरामा कम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment