Comments Add Comment

अनु मलिकमाथि गायिका श्वेता पण्डितको अरोप, ‘जब मलाई उनले कोठामा बोलाए’

‘मि टु’ अभियानले अहिले बलिउडमा भूँइचालो ल्याएको छ । यसको कम्पनले थुप्रै बलिउडकर्मीलाई तर्साइरहेको छ । यसै मेसोमा मुछिएका छन्, चर्चित गायक/संगीतकार अनु मलिक ।

अनु मालिकमाथि औंला उठाएकी हुन् श्वेता पण्डितले । उनी गायिका हुन् । श्वेताको आरोप छ, उनलाईर् नाबालिग उमेरमा अनु मलिकले यौन उत्पीडन गरे । श्वेताको कुरालाई पत्याउने हो भने, त्यसबेला उनी १५ बर्षकी थिइन् । त्यसबेला अनु मलिकले काम दिने सर्तमा चुम्बन गर्न मागेका थिए ।

श्वेताका अनुसार उनलाई फिल्म ‘मोहब्बतें’का लागि काम मिलेको थियो । यसका लागि उनी राम्रो गीत गाउन चाहन्थिन् । त्यसैको अभ्यास गरिरहेकी थिइन् ।

एकदिन अचानक उनलाई अनु मलिकका म्यानेजरको फोन आयो । म्यानेजरले अनु मलिकले भेट्न चाहेको र त्यसको लागि अफिसमा आउनुपर्ने बताए ।

‘जब म त्यहाँ पुगें, फिल्म ‘आवार पागल दीवाना’का लागि शान र सुनिधिको गीत रेकर्ड भइरहेको थियो । मेरी आमा पनि मसँगै हुनुहुन्थ्यो, तर उहाँलाई बाहिर नै बस्न भनियो । मलाई एक कोठामा बोलाइयो, जहाँ अनु मलिक मात्र थिए ।’ श्वेताले भनेकी छिन् ।

अनुले उनलाई कुनै गीत गाएर सुनाउन भने । अनु उनको आवाजको जाँच गर्न चाहन्थे । ‘जब मैले गीत गाए, उनले औधी मन पराए’ श्वेताले भनेकी छिन्, ‘उनले मलाई भने कि, तिमीलाई म शान र सुनिधिसँग गीत गाउन दिन्छ, तर पहिले मलाई किस गर्नुपर्छ ।’

श्वेताका अनुसार उनले अनुलाई ‘अंकल’ सम्बोधन गर्थिन् । जब अनुले किस खानुपर्ने सर्त अगाडि राखे, तब श्वेता एकदमै नर्भस भइन् । उनी अचम्मित भइन् । त्यसबेला आफुलाई अनु मलिकको मुश्कान एकदमै भयानक लागेको उनले बताएकी छिन् । ‘त्यो दिन आज पनि म भुल्न सक्दिन’ श्वेताले भनेकी छिन् ।

श्वेता अनुका डाइहार्ट फ्यान थिइन् । तर, त्यस दिनको घटनापछि सबैकुरा बद्लियो । त्यहाँबाट फर्किएपछि आफु अहिलेसम्म चुपचाप बसेको श्वेताको भनाई छ । जब ‘मि टु’ अभियानले बलिउड प्रवेश गर्‍यो, तब आफुले मुख खोलेको श्वेताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment