Comments Add Comment

२४ वर्षे ठिटो, जो आठ हजार होटल चलाउँछन्

ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको कट्टकमा जन्मिएका उनले सफल हुनको लागि कपाल फुल्नु आवश्यक छैन भन्ने पुष्टि गरिदिए ।

उमेरले भर्खरै २४ वर्ष भए अग्रवाल । उनी भारतलगायत नेपाल, मलेसिया, युएई, चीन र इन्डोनेसियाका दुई सय ३० शहरमा आठ हजार पाँच सयभन्दा धेरै होटलसँग साझेदारी गरिरेहेका छन् ।

चर्चित ‘ओयो रुम्स होटल चेन’ले सस्ता होटलहरुको व्यवस्थापन गर्ने गर्छ । ओयोले वार्षिक ४ हजार करोड भारतीय रुपैंयाभन्दा धेरै रकमको कारोबार गर्छ ।

रितेशलाई फोर्ब्स म्यागेजिनले ३० वर्षमुनीका सफल ३० युवा उद्यमीको सूचीमा समेटेको छ । उनको ओयो ब्रान्डले भारत लगायतका देशमा साना होटलहरुलाई आफ्नो छाताभित्र समेटेको छ । ओयोले विभिन्न शहरमा रहेका होटलहरुसँग साझेदारी गर्छ ।

ओयोमा आबद्ध भएपछि उनले होटलको सुविधा बढाउने, कर्मचारीहरुलाई तालिम दिने र सेवालाई चुस्त बनाउन र होटलको बुकिङमा सहयोग गर्ने गर्छन् ।

ओयोको एपबाट होटलको कोठा बुक गर्न, होटल कहाँ छ र होटलमा के-के सुविधाहरु भन्ने पत्ता लगाउन सकिन्छ ।

कसरी भयो ओयोको सुरुवात ?

केही वर्ष पहिले रितेश ओडिसाको एक सानो शहरमा सिमकार्ड बेच्ने गर्थे । आफ्नो नविन सोचको कारणले नै उनी सफलताको शिखरमा पुग्न सफल भएका हुन् ।

रितेशले १८ वर्षको हुँदा सन् २०१२ मा ओराभल स्टेज नामको वेबसाइट सार्वजनिक गरे, जसमा सस्तोमा होटल बुक गर्ने सुविधा थियो । त्यसपछि तीन महिनाको रिसर्च र १०० भन्दा धेरै सस्ता होटलहरु, गेस्टहाउसमा बसेपछि उनले ओराभललाई ओयोमा परिणत गरे ।

ओराभल स्टेज लञ्च गरेको केही समयपछि नै रितेशले पिटर थेलबाट ‘थेल फेलोसिप’को रुपमा एक लाख डलरको अनुदान प्राप्त गरे । यो फेलोसिपले पढाई रोकेका युवालाई आफ्नै व्यापार गर्न सघाउँछ ।

सन् २०१५ को मार्चमा ओयोले २४ मिलियन डलर सहायता प्राप्त गर्यो र सन् २०१५ कै अगस्टमा सफ्ट बैंक ग्रुपबाट १०० मिलियन डलर ऋण प्राप्त गर्‍यो । सफ्ट बैंकले ओयोलाई ऋण सहायता गर्दै आएको छ ।

रितेश अग्रवाल दक्षिणी उडिसाको एक सानो शहर विषम कट्टकका हुन् । सन् २०१५ मा दिएको एक अन्तवार्तामा ओयोको पुरा अर्थ ‘अन योर वोन’ रहेको उनले बताएका थिए ।
उनी कलेज ड्रप आउट हुन् तर, अहिले विश्वका नाम चलेका विश्वविद्यालयमा पढेका धेरैलाई उनले रोजगारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment