+
+

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३ गते १०:२६

३ कात्तिक, उर्लाबारी । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गएराति एक युवकको हत्या भएको छ । राति १० बजे २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न १७ वर्षीय कृष्णबहादुर विष्टले पक्राउ परेका छन् । पुरानो रिसिइबीलाई लिएर स्थानीय विष्टले उनको हत्या गरेको प्रहरीको दाबी छ ।

विष्टलाई खुकुरीसहित राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ । मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?