Comments Add Comment

विवाहअघि कंगनाको चिन्ता, ‘मैले अहिले भोगिरहेको जीवन मेरो बच्चाले भोग्न नपरोस्’

अभिनेत्री कंगना रनौटलाई फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि ।

केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो ल्याइरहिन् । यसको पराकम्पनले रणवीर कपूरसम्मलाई थर्कमान बनाइदियो । कंगनाका पूर्व ब्वाइफ्रेन्डले त कंगनाको खराब चरित्रबारे अत्याउने खालको कुरा सार्वजनिक गरिदिए । जतिबेला कंगना विवादको चुरोमा थिइन्, त्यसबेला उनलाई बलिउड इभेन्टमा निम्तो गर्न छाडिएको समेत चर्चा चल्यो ।

त्यसो त उनै कंगनालाई बलिउडमा यस्ती अभिनेत्री मानिन्छ, जसले सिंगो फिल्म डोहोर्‍याउने क्षमता राख्छिन् । कतिपय फिल्ममा उनले हिरोले भन्दा बढी पारिश्रमिक लिएको चर्चा पनि बेलाबखत चलेको हो । कंगनाको केही यस्ता फिल्म छन्, जसमा उनले शसक्त केन्दि्रय भूमिका निर्वाह गरेकी छिन् ।

यतिबेला उनै कंगनाको केन्दि्रय भ्रमिका रहेको फिल्म ‘मणिकणिर्काः द क्विन अफ झाँसी’ चर्चामा छ । यो फिल्मका प्रचारका लागि उनी जोडतोडले लागिपरेकी छिन् ।

फिल्म प्रचारकै सिलसिलामा उनले केही व्यक्तिगत कुरा पनि खोल्दै आएकी छिन् । संचारकर्मीले उनलाई सोधेको थियो, ‘कंगना र लक्ष्मीबाईमा के कुरा समान छ ?’

जवाफमा उनले रानी लक्ष्मीबाईले आफ्नो जीवनमा एकदम धेरै समस्याको सामाना गर्नुपरेको बताएकी छिन् । साथै आफुले पनि त्यस्तै जीवन बाँचिरहेको बताएकी छिन् । उनी चाहँदैनन् कि आफ्नो बच्चाले पनि यस्तै किसिमको जीवन विताउनु परोस् ।

हुन त आफु जुन समस्याबाट गुजि्ररहेका छन्, त्यसप्रति कुनै गुनासो नरहेको पनि उनले स्पष्ट पारेकी छिन् ।

भनिहालौं, उनको फिल्म ‘मणिकाणिर्का’को छायांकन सकिएको छ । यस उपलक्ष्यमा निर्माण टिमले र्याम अप पार्टी आयोजना गरेका थिए, जसमा कंगना एकदमै हट पहिरनमा देखिएकी थिइन् । फिल्म मणिकणिर्का २५ जनवरी २०१९ मा सार्वजनिक हुनेछ । फिल्ममा कंगनाले झांसीकी रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment