Comments Add Comment

बलिउडका सर्वाधिक महंगा ६ आइटम गर्ल, कसको पारिश्रमिक कति ?

नेपाली फिल्ममा अहिले ‘आइटम सङ’को ट्रेन्ड फस्टाएको छ । चाहे ‘ठमेल बजार’को कुरा गरौं वा त ‘काले दाईको’ । फिल्ममा यस्ता गीत अनिवार्य जस्तै हुने गरेको छ । ‘आइटम सङ’ फिल्म पब्लिसिटीको एउटा टुल्स हो । यस्ता गीतको एउटै ध्येय भनेको फिल्मप्रति दर्शकको ध्यान खिच्नु हो ।  खासमा यस्तो परिपाटी नेपाली फिल्मले बलिउडबाट सापटी लिएको हो । कुरा गरौं, बलिउडकै ।

बलिउडमा फिल्मलाई चर्चित बनाउने फर्मूलाको रुपमा ‘आइटम सङ’ राखिन्छ । करीना कपूरदेखि दीपिका पादुकोण जस्ता अभिनेत्री आइटम गर्ल बनिसकेका छन् । अतः यहाँ बलिउडका सर्वाधिक महंगा आइटम गर्लबारे चर्चा गरिएको छ ।

सनी लियोनीः भारु ४ देखि ५ करोड

सनी लियोनी जो पोर्नस्टार हुँदै बलिउडमा अवतरण गरेकी हुन् । कुनैबेलाका चर्चित पोर्नस्टार सनीलाई ‘बिग बोस’का लागि भारत निम्त्याइयो । त्यसपछि उनी बलिउडमा जम्न थालिन् । अहिले उनी पुरानो छवी मेटाउँदै बलिउड अभिनेत्रीको रुपमा आफुलाई स्थापित गरिरहेकी छिन् । बलिउडका थुप्रै फिल्ममा उनले खेलिसकेकी छिन् ।

तर, सनी अभिनेत्रीको रुपमा भन्दा पनि आइटम गर्लको रुपमा बढी रुचाइएका छन् । भनिन्छ, बलिउडमा सर्वाधिक माग हुने आइटम गर्ल हुन् उनी । शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’मा समेत आइटम सङ गरिसकेकी सनीले एउटा फिल्ममा आइटम सङ गरेबापत भारु ४ देखि ५ करोड रुपैयाँसम्म लिने गरेकी छिन् । सनीमाथि फिल्मांकन गरिएको आइटम सङ निकै चर्चित पनि हुँदै आएको छ ।

प्रियंका चोपडाः ३ देखि ४ करोड रुपैयाँ

प्रियंका चोपडा अहिले निकै चर्चामा छिन्, विवाहको कारण । लामो समय सिंगल रहेकी उनी अघिल्लो बर्ष आफुभन्दा करिब १० बर्ष कान्छो निक जोनससँग प्रेम गरिन् । र, उनीसँग अहिले विवाहको तयारीमा छिन् ।

पि्रयंका बलिउडकी सर्वाधिक लोकप्रियमध्ये एक अभिनेत्री हुन् । त्यसो त उनको दायरा बलिउडबाट नाघेर हलिउडसम्म पुगेको छ । अभिनयमा मात्र होइन, गायनमा पनि उनको खास दख्खल छ ।

त्यसो त प्रियंका बलिउडकी चर्चित आइटम गर्ल पनि हुन् । उनले ‘राम जाने’ जस्ता उत्कृष्ट आइटम सङ गरिसकेकी छिन् । उनी एउटा आइटम सङ गरेबापत भारु तीनदेखि चार करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् र ‘ए’ ग्रेड फिल्ममा आइटम सङ गर्न रुचाउँछिन् ।

क्याटरिना कैफः ३ करोड रुपैयाँ

‘चिकनी चमेली’, ‘शीला की जवानी’ जस्ता आइटम सङ गरेकी क्याटरिना कैफको फिल्मी करियर अहिले उचाईमा छ । थुप्रै सुपरहिट फिल्म दिइसकेकी क्याटरिना कुनैबेला सलमान खानकी गर्लफ्रेन्ड थिइन् । पछि उनी सलमानलाई छाडेर रणवीर कपूरसँग डेट गर्न थालिन् । उनीहरुको सम्बन्ध दिगो रहेन । जतिबेला उनी रणवीरसँगको डेटमा थिइन्, त्यसबेला उनको फिल्मी करियर पनि ओह्रालो लाग्दै थियो । पछि जसै उनी रणवीरलाई छाडेर सलमानतर्फ फर्किइन्, फेरी उनको फिल्मी यात्राले गति लियो ।

क्याटरिना बलिउडमा आइटम गर्लको रुपमा पनि जमेकी छिन् । उनी एउटा आइटम सङ गरेबापत भारु तीन करोड रुपैयाँ लिने गर्छिन् ।

दीपिका पादुकोणः तीन करोड रुपैयाँ

क्याटरिनाकै जस्तो डिमान्ड छ, दीपिका पादुकोणको पनि । तर, उनी आफ्ना मित्र अर्थात घनिष्ठ सम्बन्ध भएका निर्माता, निर्देशक वा अभिनेताको लागि मात्र आइटम सङ गर्छिन् । एउटा आइटम सङ गरेबापत भारु तीन करोड रुपैयाँ लिने गर्छिन् ।

ज्याकलिन फर्नाडीसः २ करोड रुपैयाँ

‘बागी-२’ मा ज्याकिलन फर्नाडीसले ‘एक दो तीन’ आइटम सङ गरेकी थिइन् । तर, यसलाई उस्तो रुचाइन । यद्यपी बलिउडमा आइटम गर्लको रुपमा ज्याकलिनले छाप छाडेकी छिन् । उनी एउटा आइटम सङका लागि भारु दुई करोड रुपैयाँ लिने गर्छिन् ।

मलाइका अरोराः २ करोड रुपैयाँ

मलाइका खासमा आइटम गर्लकै रुपमा उदाएकी हुन् । ‘चल छैया छैया’ गीतमा उनले शाहरुख खानसँग कम्मर मर्काएकी छिन् । त्यसयता ‘मुन्नी बदनाम हुई’सम्म उनले थुप्रै आइटम सङ गरेकी छिन् । अरबाज खानकी पूर्व पत्नी मलाईकाले एउटा आइटम सङ गरेको दुई करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् । अहिले भने उनी आइटम सङ गर्न त्यती रुची राख्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment