+
+
Shares

चालक निदाउँदा नवलपरासीमा रात्री बस दुर्घटना, ५ को मृत्यु, १६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते ८:३५

४ कात्तिक, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको हो ।

प्रहरीका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ यात्रु बोकेको थियो ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?