Comments Add Comment

करणले बताएका थिए दीपिकालाई गोप्य कुरा, के थियो त्यो ?

करण जोहरको चर्चा सदबहार हुनेगर्छ । कहिले निर्माताको रुपमा, कहिले निर्देशकको रुपमा, कहिले जुम्ल्यहा सन्तानको रुपमा, कहिले टेलिभिजन प्रस्तोताको रुपमा ।

करण, जसले कलिलै उमेरमा फिल्म निर्देशन गरे । फिल्म थियो, कुछ कुछ होता है । यो फिल्म निर्माण भएको २० बर्ष पुगेको छ । उक्त फिल्म ब्लकबस्टर रह्यो । त्यसपछि उनले कभी खुसी कभी गम, माइ नेम इज खान हुँदै ए दिल है मुस्किल, लस्ट स्टोरिजसम्म थुप्रै फिल्म निर्देशन गरे । तर, उनको ख्याती निर्देशकको रुपमा मात्र होइन, निर्माताको रुपमा पनि छ । करणको यो पाटोलाई यही बिट मारौं । किनभने अहिले उनको नितान्त व्यक्तिगत कुरा गर्न लागिएको हो ।

सबैलाई थाहै छ, करणले ‘कफी विद करण’ नामक टक शो सञ्चालन गर्छन् । उक्त टक शोमा उनले बलिउडका हस्तीहरु निम्त्याउँछन् र रमाइलो कुराकानी गर्छन् । यसै मेसोमा अधिकांश बलिउड स्टार्सको गोप्य कुरा पनि चुहाइदिन्छन् । त्यही कारण उनको टक शो आफैमा समाचार बन्ने गर्छ ।

यसपाली उनले अभिनेत्री दीपिका पादुकोणलाई आफ्नो पाहुना बनाए । त्यसको झलक उनले आफ्नो शोसल मिडया अकाउन्टमा शेयर गरेका छन् । भनिहालौं, करण र दीपिका आपसमा निकै घनिष्ठ साथी हुन् । उनले दीपिकामाथि कतिसम्म विश्वास गर्छन् भन्ने कुरा त हालैको एउटा खुलासाबाट पनि पुष्टि हुन्छ ।

करणले आफ्ना जुम्ल्यहा बच्चाको बारेमा सबैभन्दा पहिले दीपिकासँग कुरा गरेका रहेछन् । करणका बच्चा रुही र यशको बारेमा उनले फोन गरेर दीपिकालाई बताएका थिए । त्यसबेला दीपिकालाई यो कुरा गोप्य राख्न भनिएको थियो । जबकी यही कुरा करणले आफ्नोे हितैषी शाहरुख खान र आफ्नै आमालाई समेत बताएका थिएनन् ।

करण अघिल्लो बर्ष दुई सन्तानका पिता बनेका हुन् । अविवाहित करणले सेरोगेसीको माध्यामबाट सन्तान जन्माएका हुन् । करणले आफ्ना सन्तानलाई आफ्नो संसार र पहिलो प्राथमिकता बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment